धर्वेन्द्र कुर्मी/कपिलवस्तु बिहिबार, मंसिर ०७, २०८०

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाले बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भरिका जनप्रतिनिधि,कर्मचारी र शिक्षक कर्मचारीको सेवा सुविधा र तलब वापतको रकम भुकम्प पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।

त्यस्तै उहाँले भुकम्प पीडितको राहतका लागि राहत स्वरुप २ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बताउनु भयो । सेवा सुविधा र तलब वापत केही दिनको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको अध्यक्ष थापाले जानकारी दिनु भयो ।

यसैगरी जनप्रतिनिधिको १ दिनको सेवा सुविधा र अधिकृत स्तरका कर्मचारीे २ दिनको तलब र सहायक स्तरका कर्मचारी÷शिक्षकको १ दिनको तलब जाजरकोटका भुकम्प पीडितलाई सहयोग गरिएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयो । उहाँले बिहिबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा भइसकेको जानकारी दिनु भयो ।

यस्तै गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भुकम्प गएको थियो । भुकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर भत्किएका छन् भने जनधनको पनि ठुलो क्षति भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]