
Unsku
Srbpu
Djs
sbs
Rgp
Gfs
Sgr
pku
Pbu
Ggp
cjs
Lnp
Pes
Rgp1

nsb
Hal
Rgu
Sls
Ssm
Rgu
Bbbpu
Pvg
Rgs
Rsb
Asm
Vor
Bbu
Ggd
Tsm
Sbs
Gst
Wsp
Ksm

Mks
Syp
sab
Rpp
Pls
Bml
Rmb
bbt
Jmb
Jmb
Gsb
Abd
Ptm
भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए।
दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको छ।
शुक्रबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको जानकारी आफूले पाएको अध्यक्ष विश्वकर्माले बताए।
उनीहरू सिजनमा परिवार नै रोजगारीका लागि भारत जाने गरेका थिए।
‘त्यहाँका कम्पनीहरूसँग समन्वय गरेर काम गर्ने गर्नुहुँदो रहेछ, यो सिजनको दसैंमा पनि उहाँको परिवार घर आएको थिएन,’ अध्यक्ष विश्वकर्माले भने।
उनका अनुसार आफन्तले शव बुझ्ने तयारी गरेका छन्। अन्त्येष्टिका लागि नेपाल ल्याउने वा नल्याउने भन्नेबारे टुंगो नलागेको उनले जानकारी दिए।
