
Sssbus1
tssbus
Pbu
Ssbus
Ssbus
Ssbus
Sssbus1
Gsl
nsm
ssbus

Rsb
Sbs
nsb
Wsp
Ksm
Vor
Tsm
Rgu
Ggd
Bbu
Sls
Rgs
Hal
Bbbpu
Ssm
Gst
Asm
Rgu
Pvg

Mks
Gsb
Rmb
Jmb
Syp
sab
bbt
Ptm
Abd
Pls
Rpp
Jmb
Bml
दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहीले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पीडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ ।
संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट जम्मा भएकाे नगद ३७,४५७।- सईतिस हजार चार सय सन्ताउन्न रूपैया पीडित चाैधरीलाई हस्तान्तरण गरिएकाे थियाे ।
दाङ गढवा गाउँपालिका वडा नंं ५ स्थित चाैधरीकाे आर्थिक अवस्था एकदम कमजाेर रहेकाे र सहयाेगकाे एकदम खाँचाे देखिएकाले लमही नगरपालिका,गढवा गाउँपालिका,राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा माेबाईल ब्यबसायि गर्ने ब्यबसायिहरू र अन्यबाट रकम जम्मा गरि सहयाेग गरिएकाे संघका अध्यक्ष बसेलले बताउनु भयाे ।
हामीले थाेरै थाेरै गरि सहयाेग उठाई उपचारमा सहयाेग हाेस् भन्ने हाे, सबैले सहयाेग गरे उपचारमा सहज हुने ठानेर सहयाेग गरेका हाै, संघका महासचिव राजेश कुमार गुप्ताले बताउनु भयाे । आदर्श माध्यमिक बिद्यालय देउपुरबाट २०६०/०६१ मा एस.एल. सि दिईएका ब्याच विद्यार्थीले समेत सहयाेग गरेकाे महासचिव गुप्ताले बताउनु भयाे । कार्यक्रममा बरिस्ठ उपाध्यक्ष पदम के.सि., उपाध्यक्ष जितेन्द्र गुप्ता, पदाधिकारी तथा माेबाईल ब्यबसायि सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

