
nsm
Gsl
Ssbus
Ssbus
Sssbus1
tssbus
Sssbus1
ssbus
Ssbus
Pbu

Pvg
Bbu
Rgu
Ksm
Rgs
Ggd
Asm
Gst
nsb
Sls
Sbs
Vor
Rsb
Hal
Rgu
Tsm
Ssm
Wsp
Bbbpu

Jmb
Ptm
Rmb
bbt
Rpp
Mks
Pls
Bml
Abd
Jmb
Syp
Gsb
sab
गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ ।
हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुँन सकेको छैन् । पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको छैनन् । रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ । तर उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताउनुभयो । भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उहाँको भनाइ छ । रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राधिकको निष्कर्ष रहेको छ । दिउँसको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।
त्यस्तै रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ३ सय रुपैयाँ लाग्नेछ । त्यस्तै काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्म ६ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विमानस्थलबाट १८ सिट क्षमताको जहाजले उडान गर्ने गर्दछ । काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ ।
यस्तै विमानस्थलबाट नियमित जहाज चल्दा टिकट पाउनै मुस्किल पर्ने गरेको थियो १५ जनाको टिकटका लागि करिब ६० जना सम्मको माग थियो । शुरुमा हप्ताको एक दिन उडान गरेको विमानस्थलबाट यात्रुको चापका कारण एक दिन थप गरेर दुइ दिन उडान गर्न थालिएको थियो । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पटि विमानस्थल पुग्न सकिन्छ । गुल्मीबाट काठमाडौंसम्म गाडीको यात्रा झण्डै १३ देखि २२ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ । वर्षातको समयमा त झनै कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था यहाँका नागरिकहरुलाई छ ।
व्यवसायिक उडान सुरुहुनुले अब जिल्लामा पर्यटकहरु पनि भित्रिने यहाँका व्यवसायिहरु आशा गरिएको थियो । विमानस्थलमा गत वैशाख १५ गते नेपाल एयरलाइन्सको १८ सिट क्षमताका जहाजले परिक्षण उडान गरेको थियो । त्यसपछि वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरेको थियो । ०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवालीले गर्नु भएको थियो । तर ०६३ सालमा शिलान्यास भएपनि विमानस्थलको निर्माणको काम २०७२ पछि मात्र सुरु भएको थियो । रेसुङ्गा विमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिकरण गरिएको थियो ।
त्यस्तै विमानस्थलमा हालसम्म निर्माणमा करिव ३५ करोड खर्च भईसकेको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि गरिएको छ । विमानस्थलबाट गुल्मी जिल्लासंगै जोडिएका जिल्लाहरु अर्घाखाँची, प्यूठान, बाग्लुङ्ग, पाल्पा र स्याङजा जिल्ला सम्मका नागरिकले सेवा लिन सक्ने छन् ।
