
Lnp
Pes
Rgp1
cjs
Srbpu
Sgr
Unsku
Gfs
Ggp
Pbu
Djs
sbs
pku
Rgp

Ksm
Ggd
Wsp
Rgu
Rgu
Pvg
Vor
Asm
Ssm
Sls
Rgs
Gst
Bbu
nsb
Bbbpu
Sbs
Hal
Tsm
Rsb

bbt
sab
Abd
Rpp
Gsb
Mks
Syp
Rmb
Bml
Jmb
Pls
Jmb
Ptm
काठमाडौं । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेंगुको संक्रमण बढिरहेको बताए । उनले दैनिक संक्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे ।“दैनिक डेंगुको संक्रमण बढिरहेकाले सरसफाइसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ”, निर्देशक डा मरासिनीले भने, “डेंगु संक्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।”
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको संक्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेंगुबाट संक्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।
सुनसरीमा सात हजार संक्रमित
डेंगुको संक्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेंगुबाट संक्रमित भएका छन् । यस्तै मोरङ एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौँमा एक सय ९६,दार्चुलामा एक सय ९४, सङ्खुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
कोशी प्रदेशमा बढी
डेंगुको संक्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट संक्रमित भएका छन् । यस्तै बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७, लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जनाएको छ ।
त्यस्तै मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
