
Sssbus1
tssbus
Gsl
Ssbus
nsm
Sssbus1
ssbus
Ssbus
Ssbus
Pbu

Ssm
Rgu
Bbu
Rgs
Wsp
Ksm
Tsm
nsb
Sbs
Sls
Gst
Rgu
Vor
Ggd
Hal
Bbbpu
Pvg
Rsb
Asm

Ptm
sab
Rmb
Rpp
Bml
Gsb
Jmb
Jmb
Abd
bbt
Pls
Syp
Mks
धनगढी । कञ्चनपुरमा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार लागुऔषध सेवन, बेचबिखन र ओसारपसारमा संलग्न ८ सय ३८ जना पक्राउ परेका छन्। लागुऔषधमा संलग्नहरुको संख्या हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ किलो चरेश, ६३ ग्राम खैरोहिरोइन, ३७५ ट्यबलेट नाइट्राभेट, ५५ एम्पुल फेनारगन, ५४ एम्पुल रेक्सोजेसिज, स्पास्मो ८ एम्पुल, नाइट्राजेपाम १६५ एम्पुल र डाइजापाम एक एम्पुलसहित ७७ जना पुरुष, तीन महिला र ७ जना भारतीय गरी ८७ जना पक्राउ परेका छन्।
यो संख्या आर्थिक वर्ष २०७८/७९ मा पुगेर अझ वृद्धि भएको छ। सो अवधिमा चरेश एक किलो ५५१ ग्राम, खैरोहिरोइन ८३९ ग्राम, नाइट्राभेट ८२० ट्याबलेट र स्पास्मो १७८ ट्याबलेटसहित दुई सय १६ जना पुरुष, चार महिला र १० भारतीय नागरिक गरी दुई सय ३० जना पक्राउ परेका छन्। २०७७ को तुलनामा यो संख्या २०७८ मा आइपुग्दा झण्डै दोब्बर हो। कञ्चनपुरमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या घट्नुको सट्टा झन बढेको पाइएको छ।
सो अवधिसम्म चरेश ३३ किलो ९८५ ग्राम, खैरोहिरोइन ५८० ग्राम, नाइट्राभेट एक हजार ७ सय ४८ ट्याबलेट, गाँजा १४ ग्राम लगायत नशालु पदार्थसहित एक सय १८ पुरुष, ८ महिला र १३ भारतीय नागरिक गरी २३९ जना पक्राउ परेका छन्। यो संख्या आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा अझ धेरैले बढेको छ।
सो अवधिसम्म २६ किलो एक सय ३५ ग्राम चरेश, खैरोहिरोइन ५४७ ग्राम, नाइट्राभेट ३६ ट्याबलेट लगायत गरेर दुई सय ५५ पुरुष, १३ महिला र १४ भारतीय नागरिक गरी दुई सय ८२ जना पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा अधिकांश युवा छन्। तीन वर्षको अवधिमा लागुऔषधको दलदलमा फसेका २८ महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अभिलेख छ। यसरी हेर्दा कञ्चनपुर ड्रग्स कारोबारको ‘ट्रान्जिट पोइन्ट’ नै बन्न पुगेको छ।
कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधमा संलग्नहरुलाई दैनिक रुपमा पक्राउ गर्दै आए पनि नियन्त्रण हुनुको सट्टा झनझन बढ्दै गएको छ। जिल्लाभित्र लागुऔषधको जालो भत्काउन निकै चुनौतिपूर्ण देखिएको प्रहरी अधिकारीहरुले बताएका छन्। यसअघि यस्तो कार्यमा पुरुषको मात्र संलग्नता देखिने गरेकोमा पछिल्ला केहि वर्षयता भने महिलाहरुको संख्या पनि डरलाग्दो रुपमा बढ्न थालेको छ।दिनेशखबर
