
cjs
Pbu
sbs
Unsku
Sgr
pku
Rgp
Rgp1
Djs
Lnp
Ggp
Gfs
Pes
Srbpu

Rgs
Hal
Bbbpu
Tsm
Rsb
Wsp
Pvg
Rgu
Ssm
Sbs
Ksm
Rgu
Vor
nsb
Ggd
Gst
Sls
Bbu
Asm

Jmb
sab
Ptm
Syp
Abd
Rmb
bbt
Bml
Pls
Gsb
Jmb
Rpp
Mks
दाङ । राप्ती आँखा अस्पतालमा कर्नियल टोपोग्राफि मेसीन खरिद गरिएको छ । राप्ती अस्पताल र लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा सो मेसीन खरिद गरिएको हो ।
लुम्विनी प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुको सुदृढिकरण ( स्वास्थ्य साझेदारी) कार्यक्रम अन्तर्गत अस्पतालको सेवा सवलिकरणको लागि आर्थिक वर्ष २०७९÷८० मा २४ लाख अनुदान दिएको थियो ।
जसमा आँखा अस्पतालले २६ लाख रकम साझेदारी गरेको थियो । कर्नियल टोपोग्राफि मेसीन खरिद संगै खरिद तथा गुणस्तर निर्धारण समितिका संयोजक रेशमबहादुर खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका अनुगमण समितिका सदस्य वडाध्यक्ष हुमाकान्त सापकोटाको प्रमुख आतिथ्य एव नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशेष उपस्थीतिको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल सरकारबाट लिइएको उक्त नीतिलाई सहयोग पुर्याउनका लागि प्रदेश सरकार संग सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत ूउज्यालो अभियान कार्यक्रमू मार्फत दृष्टिविहिनता अर्थात अन्धोपनको समस्यालाई न्यूनिकरण गरी पालिकाहरुमा देखिएको दृष्टिविहिनताको मोतियाविन्दुलाई हटाउने उद्धेश्य रहेको बताएको थियो । कर्निया (आँखाको नानी ) रोगको उपचार पश्चात समाजमा रहेका दृष्टिविहिन्ताको समस्यालाई न्यूनिकरण गर्ने, नेपाल सरकारको स्वास्थ्य नीति, नियम तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पु¥याउने उद्धेश्य अस्पतालको रहेकोछ ।
कर्नियल टोपोग्राफि मेसीन आए संगै अव बेलैमा उपचार सेवालाई व्यवस्थित बनाउने र गुणस्तरीय सेवाको कारण विरामीहरु माझ विश्वासको बातावरण बढ्ने र दृष्टिविहिन अर्थात आँंखाको ज्योति गुमाउन नपर्ने अपेक्षित नतिजा रहेका छन ।
सामाजिक परिक्षणमा कर्निया रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानीको बनावट पातलो पन हेर्न ,आँखाको नानी प्रत्यारोपण पछि नानीको आकार हेरि टाका निकाल्न , कन्ट्याक्ट लेन्स सेवा सुरुगर्न यो मेसिन आए संगै विरामीले सेवा पाउने बताइन् । उनले अव मेसिन आए संगै घरआगनैमै जनताले सेवा पाउने बताइन् । कार्यक्रममा प्रमुख प्रशासक सम्शेर थापाले खरिद प्रकृयाकोबारेमा विस्तृत रुपमा जानकारी गराएका थिए । उनले सूचना प्रकाशित देखि मेसिर झर्दा सम्मको अन्तीम प्रकृयाको बारेमा सामाजिक परिक्षणमा जानकारी दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका अनुगमण समितिका सदस्य हुमाकान्त सापकोटाले राप्ती आँखा अस्पतालले सर्वसुल्भ र व्यवस्थीत सेवा दिई रहेको भन्दै यो मेसिन खरिद संगै पालिकाका जनताले थप सेवा पाउने बताएका थिए । उनले अस्पतालको पारर्दर्शिता देखेर आफुहरु निकै खुसीभएको भन्दै सवैलाई यसको सिको गर्न पनि अनुरोध गरे । ‘टेन्डर प्रकृया देखि हाल सम्मको प्रकृयाको पारर्दर्शिता देख्दा निकै खुसी लाग्यो उनले भने ।’
त्यस्तै नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले राप्ती आँखा अस्पताललाई अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरी बिशिष्टीकृत आँखा अस्पतालकोरुपमा विकास र विस्तार गर्ने उद्धेश्यले विभिन्न निकायहरुको सहयोगबाट मेसिन औजार खरिद देखि सेवा सवलीकरणमा आफुहरु लागेको बताए । उनले अव विरामीलाई घर आगनमै सहज र सर्वसुल्भ सेवा प्रदान हुने बताए ।
यसैगरी कार्यक्रममा अस्पतालका मेसु डा. सन्तोष सुवेदीले कर्निया तथा अन्य आँखाको समस्याको कारणले हुने दृष्टिविहिनतालाई घटाई पैसाको कारणले कुनैपनि व्याक्ति अन्धोपन भई बस्नु नपर्ने भन्दै पालिकाहरुमा देखिएको कर्निया (आँखाको नानी ) सम्वन्धी रोगबाट उपचार सेवा नपाएका हरुलाई उपचार सेवा दिई अन्धोपन न्यूनिकरणमा सहयोग पुगने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तुलसी थापा,सदस्य,नारायणी पुन पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी सदस्य यमकला भुसाल समाजसेवि ध्रुव गौतम समाज सेवि,नेपाल नेत्रज्योति संघका सदस्य श्यामप्रकाश आचार्य,चिरञ्जीवि रिजाललगायतलको सहभागीता रहेको थियो ।
नेपाल नेत्रज्योति संघ, राप्ती अस्पताल र लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदार कर्नियल टोपोग्राफि मेसीन खरिदको प्रकृयाको अनुमोदन गरिएको थियो ।
