ओमप्रकाश गुप्ता शुक्रबार, आषाढ ०८, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ । जसमा चालु आर्थिक बर्षको कुल बजेट ७० करोड ३ लाख थियो भने अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेर ६५ करोड ७६ लाखको नयाँ बजेट आएको हो । जस अन्र्तगत आगमी आर्थिक बर्षको चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालु तर्फ संघीय सरकारबाट २० करोड ५१ लाख, प्रदेश सरकारबाट १२ लाख र पालिकाको १० करोड ९५ लाख बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ संघीय सरकारको २ करोड ६८ लाख, प्रदेश सरकारको ३ करोड ८६ लाख र पालिको २६ करोड ७२ लाख बिनियोजन गरिएको छ ।

त्यस्तै आगामी आर्थिक बर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपत्त तर्फ २ करोड, खानेपानी सरसफाई, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता पहलवान र्चौधरीले जानकारी दिनु भयो ।

यता चालु आर्थिक बर्षको पुँजीगत खर्च १९ करोड १५ र चालु खर्च तर्फ असार पहिलो हप्ता सम्मको कुल खर्च ३६ करोड ५ लाख भएको छ । त्यस्तै आगामी आर्थिक बर्षको बजेट घट्नुमा आन्तिरिक राजश्व ८३ प्रतिशत मात्र संकलन, संघ र प्रदेशबाट २० प्रतिशतले बजेट कतौती भएर आएको हूँदा अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेको पालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]