
Lnp
Gfs
Pes
sbs
cjs
Sgr
Djs
pku
Srbpu
Rgp1
Pbu
Ggp
Unsku
Rgp

Wsp
Pvg
Rgu
Rgu
Bbu
Sls
Asm
Ksm
Sbs
Hal
nsb
Rsb
Bbbpu
Ggd
Ssm
Tsm
Gst
Rgs
Vor

Rmb
Bml
Pls
sab
Syp
Ptm
Mks
Rpp
Jmb
Gsb
Abd
Jmb
bbt
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत तहका अस्पतालहरुमा रहेका कर्मचारीलाई आफैँ तलब खुवाउन निर्देशन दिएको छ।
मन्त्रि स्तरीय निर्णयका आधारमा मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहहरुलाई ७ बुँदे परिपत्र जारी गर्दै आधारभूत तहका अस्पतालको व्यवस्थापन आफैँ गर्न भनेको हो।
आउँदो आर्थिक वर्ष २०८०/८१ देखि आधारभूत अस्पतालका कर्मचारीको जिम्मेवारीबाट अर्थ मन्त्रालयले हात झिकेको जानकारी गराउँदै व्यवस्थापनको जिम्मेवारी लिन नसक्ने जनाएको हो।
मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७९।०३।२१ मा ५/१०/१५ शैयाको आधारभूत अस्पतालको दरबन्दीको नमूना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भईनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक श्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन ।
साथै केही स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनको लागि स्वास्थ्यकर्मी नियुक्ति गरेको कारण संघीय सरकारमा थप आर्थिक भार परेको हुँदा आगामी आ।व।मा स्वास्थ्यकर्मीको तलब,भत्ता व्यवस्थापन पालिकाबाटै हुन।’ मन्त्रालयले मन्त्रिपरिषबाट स्वीकृत दरबन्दीभित्रको रिक्त पदबाहेक अन्य कुनै पनि पदमा कामकाज गर्न खटाउने गरी सिफारिस नगर्न नगराउन पनि निर्देशन दिएको छ।
त्यस्तै आफ्नो कार्यक्षेत्रमा खटिई नियमित रुपमा बिरामीको उपचारमा संलग्न हुनुपर्ने जिम्मेवारी भएकाले सरुवा, काज वा अन्य कुनै पनि बहानामा मन्त्रालय र विभागमा आउने कार्यलाई स्थानीय तहको नेतृत्वले नियन्त्रण र निगरानी गर्न पनि स्वास्थ्यले भनेको छ।
कर्मचारीको अभिलेख व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिन र कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कतिपय कर्मचारी समायोजन पत्र बुझेर समायोजन भएको निकायमा हाजिर नभएको भन्दै तत्काल रमाना गरी पठाउने व्यवस्था भनेको छ।देशसंचार
