
Msbus
Ggp
Ggp
Lnp
Ksbus
Sdc
Ksbus
Rgp
Asbus

दाङ । घाेराहीमा रहेकाे एक मेडिकलले म्याद गुज्रियकाे औषधिमा बाहिरबाट म्याद भएकाे खाेल राखि बेचेकाे खुल्न आयकाे छ (पिडित) हरि बहादुर खड्काका अनुसार उहाँ आफ्नाे ७ महिनाकाे बच्चाकाे लागि औषधि किन्न सुभकामना फार्मेसि क्लिनिकमा पुग्नु भयाे उक्त फार्मेसिले बाहिर म्याद (जुन 2024) सम्म रहेकाे र भित्र खाेलेर हेर्दा (मार्च 23 ) मा म्याद सकिएकाे औषधि बेचेकाे दाबि गर्नु भयाे छ ।
यति बेला पीडित हरि बहादुर खड्का भन्नू हुन्छ सुभकामना फार्मेसि क्लिनिकले आफ्नाे ७ महिनाकाे बच्चाकाे ज्यान नै जान सक्ने गरि ठुलै लापरबाही गरेपछि उचित न्यायकाे लागि जिल्ला प्रशासन कार्यालय दाङ,जिल्ला प्रहरी कार्यालय दाङ घोराही उपमहानगरपालिका दाङ,जनस्वास्थ्य कार्यालय दाङ मेडिकल काउन्सिल काठमाडौं,औषधी ब्यबस्था बिभाग नेपालगन्ज शाखा,औषधी ब्यबस्था बिभाग काठमाडौं लगायतमा निबेदन दिनु भए काे छ ।
गम्भीर विषय त याे छ कि मानिसहरुकाे स्वास्थ्यमा किन यति धेरै चरम लापर्बाहि भयाे यसमा कस्काे मुख्य दोष मानिसहरुकाे स्वास्थ्यमा भएकाे चरम लापरबाहीको जिम्मा कस्ले लिने अब के यस्काे पीडित हरि खड्का मात्र हुन या अरु पनि छन् । यस्ताे चरम लापरबाही सुभकामना फार्मेसिले मात्र गरिरहेकाे छ कि या अन्य मेडिकल तथा फार्मेसिहरुले पनि गरिरहेका छन् । के अब हस्पिटल पुग्दा डराई डराई जानू पर्ने हाे या यस्काे निकास छिट्टै हुन्छ यस्काे जवाफ सम्बन्धित निकायले दिनै पर्छ ।
यता यस विषयमा सुभकामना फार्मेसिका सन्चालक प्रकाश अधिकारीसंग बुझ्न खाेज्दा याे लापरबाही हाम्राे फार्मेसिबाट नभई कम्पनीबाटै भएकाे कुरा प्राप्त भएकाे थियाे । उता जिल्ला प्रहरी कार्यालयका दाङका प्रहरी प्रबक्ता डिएसपी राजन गौतमसंगकाे कुराकानीमा प्रहरी कहाँ पीडित हरी बहादुर खड्काको निबेदन दिएकाे बताउनु भयो ।
हामीले औषधि बिभाग नेपालगन्जमा २ वटा डेट गएकाे औषधि पठाएका छाै औषधि बिभागले याे गल्ती नै भएकाे हाे भन्ने ठहर गर्याे भने मुद्दा चलाउने डिएसपी गौतमले बताउनु भएको छ ।
यता शुभकामना फार्मेसी क्लिनिकको बारेमा जानकारी गराउन खोज्दा नियमन गर्ने निकाय औषधी ब्यबस्था बिभाग शाखा कार्यालय नेपालगन्जका प्रमुख निनु श्रेष्ठलाई पटकपटक फोन सम्पर्क गर्दा फोन नै उठेन भने फ़ेरि सम्पर्क गर्दा मोबाइल अफ रहेकोे थियो । पीडितले न्याय पाउछन् कि पाउदैनन् औषधी बिभाग नेपालगन्जले कारबाही गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ ।
