
Ggp
Sdc
Ksbus
Asbus
Msbus
Rgp
Lnp
Ksbus
Ggp

दाङ । नयाँपाइला पुर्नस्थापना केन्द्रद्वारा सौजन्य स्वरुप बिजौरीमा रहेको मिलिजुली सरसफाइ समितिलाई ६० थान क्याप (टोपी) हस्तान्तरण भएको छ ।
नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी प्रमुख सुरेश भुषाल,सल्लाहकार सुनिल कुमार पोख्रेलले संयुक्त रुपमा ६० थान क्याप (टोपी)सरसफाइ समितिलाई हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय,माल बिजौरी टोल विकास संस्थाका अध्यक्ष बिदुर गौतम र दुम्ना गाउँ भूयार थान सरसफाइ उप-समितिका संयोजक रेश्मीराज खड्का लगायतले सरसफाइ मानीसको जीवनमा अति आवश्यक भएकाले यसमा सबैले ध्यान दिनु पर्ने बताउनु भएको थियो । यस्तै कार्यक्रममा नयाँ पाइलापुनः स्थापना केन्द्रले गरेको सहयोगको मुक्त कन्ठले प्रसंशा समेत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा मिलिजुलि सरसफाइ समितिका बरिस्ठ सल्लाहकार गोबिन्द मजगैया,डिल्ली केसि,शिव केसि,पत्रकार गोकर्ण पौडेल,बादलपारि डाँगी समितिका अध्यक्ष नबिना केसि लगायत स्थानीय सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण शंकर आशिष आचार्यले गर्नु भएको थियो ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नयाँपाइला पुर्नस्थापना केन्द्रले यसैगरी स्वास्थ्यका विभिन्न क्षेत्रमा जनचेतना सम्बन्धि काम-कार्य गर्दै आइरहेको छ ।
