
Djs
Srbpu
Rgp
Ggp
Unsku
Gfs
Pes
sbs
Rgp1
pku
Sgr
Lnp
cjs
Pbu

Rsb
Hal
Pvg
nsb
Ksm
Wsp
Asm
Ggd
Sbs
Gst
Sls
Rgs
Vor
Ssm
Bbbpu
Bbu
Rgu
Rgu
Tsm

sab
Bml
Pls
Syp
Mks
Jmb
Rmb
Jmb
Ptm
bbt
Gsb
Rpp
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले विद्यार्थी र पालिका बासीको लागि निशु:ल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
टाढाटाढाबाट लमही,घोराही जानुपर्ने बाध्यताको अन्त्य गर्न शिविर सञ्चालन गरिएको हो । आर्थिक अबस्था कमजोरी भएकालाई स्वास्थ्य चेकअप गर्न जानपनि समस्या थियो । दुरीले पनि थप समस्या थपिन्थ्यो । जसले गर्दा त्यहाका स्थानिय रोगलाई दबाएर बस्नुपर्ने बाध्यता थियो । यिनै याबत कारणले स्थानियहरु केही हदसम्म स्वास्थ्यबाट बञ्चित भएको महसुस गर्छन । पैशा अभाब र दुरी टाढा भएकालेपनि स्वास्थ्य चेकअपमा जान नसक्ने राजपुर १ माररीखोला निवासी सुष्मा सुनारले बताईन । ‘हामी खोला नाकामा बस्नेलाई अनेक बाध्यता छन सुष्माले भनिन्-भनेको बेला पैशा पनि हुँदैन, रोग भएपनि दबाउनुपर्ने हुन्छ ।’ नि:शुल्क स्वास्थ्य चेकअपको अभियानले आफुहरुमा हर्ष छाएको माररी निवासी हरिकला बिकले बताईन । उनले भनिन बाध्यता हरुको बिचमा नि:शुल्क चेकजाँच गर्ने अभियान लिएकोमा गाउँपालिका परिवारलाई धन्यबाद छ ।
यिनै बाध्यात्मक प्रस्थितीहरुको अन्त्य गर्न नि:शुल्क स्वास्थ्य शिविरको आयोजना थालिएको राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । उनले भने स्थानियलाई स्वास्थ्यको पहुँच सम्म पुर्याउन स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । ‘राजपुर बिकट छ,खोला नाकाका बस्ती धेरै छन् अध्यक्ष बुढाथोकीले भने-स्वास्थ्यबाट कोही बञ्चित हुनु हुदैन,तसर्थ हामीले यो अभियान लिएर आएका छौ ।’ उनले आफुलाई पायक पर्ने विद्यालयमा गएर स्वास्थ्य चेकजाँच गराउन पालिकाबासी हरुमा अनुरोध समेत गरेका छन् ।
त्यस्तै राजपुरमा भएका ३२ वटा सामुदायिक विद्यालयहरुमा शिविर चलिरहेको छ । शिविरमा खासगरी आँखा,मुख र दाँतको चेकअप हुन्छ । चस्मा बितरण पनि गरिएको छ । अप्रेशन पनि नि:शुल्क गरिने राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देबी यादबले बताईन ।
शिविरमा मुख सल्यक्रिया बिशेषज्ञ प्रोफेसर डा. रबिस मिश्र,दन्त बिशेषज्ञ डा. सपना कवर र आँखा बिशेषज्ञ डा.आर्जु खनालको टिम खटेको छ । शिविरको प्राबिधिक सहयोगमा आधुनिक समाज डेन्टल केयर प्राली बुटवल र नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पताल रहेका छन् ।
बैशाख ६ गतेदेखि शुरु भएको नि:शुल्क स्वास्थ्य शिविर राजपुर गाउँपालिका भित्र रहेका ३२ वटा सामुदायिक विद्यालयमा सञ्चालन रहने राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल रोकायाले जानकारी दिनु भयो ।
