
Sssbus1
ssbus
tssbus
Pbu
Ssbus
nsm
Gsl
Ssbus
Sssbus1
Ssbus

Sls
Gst
Hal
Ggd
Ssm
Tsm
Bbu
Rgu
Pvg
Rgu
Sbs
Vor
nsb
Rgs
Ksm
Wsp
Rsb
Asm
Bbbpu

Abd
Mks
Gsb
Pls
Bml
Rpp
Rmb
Jmb
bbt
Ptm
Jmb
Syp
sab
काठमाडौं । विषयविज्ञ अर्थमन्त्री पाए पनि देशको शेयर बजार उकालो लाग्न सकेको छैन । चैत १७ गते देशको अर्थ मन्त्रालयले अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको रुपमा पाएको थियो ।
त्यसको अघिल्लो दिन नै अर्थमन्त्रीमा डा. महत आउने हल्ला थियो । तैपनि शेयर बजारले राम्रो रेस्पोन्स (प्रतिक्रिया) दिएको थिएन । महत आएको तीन दिनसम्म समेत शेयर बजार बढेको छैन । अर्थमन्त्री आएको पहिलो कारोबारका दिन आइतबार बजार २० अंकले घटेर १८८८.५५ विन्दुमा अडियो । १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारको पूँजीकरण २७ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ पुग्यो ।
दोस्रो कारोबार दिन पनि बजारमा दोहोरो अंकको गिरावट आयो । कारोबार रकमसमेत खुम्चिएर ९२ करोड २ लाख ५९ हजार रुपैयाँमा झर्यो । तेस्रो दिनको कारोबारमा पनि शेयर उकालो लाग्न सकेन । यस दिन बजार ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा आइपुगेको छ । कारोबार रकम ९१ करोडमा खुम्चियो ।
यसबीच अर्थमन्त्री महतले शेयर बजारमा देखिएको समस्या समाधान गर्न लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग सुझाव मागेका छन् । अर्थमन्त्रीसँग प्रयासबाट लगानीकर्ता विश्वस्त नभएको देखिन्छ । जसको असरले बजार उकालो लागेन । लगानीकर्ता अम्बिका पौडेल भने कोही अर्थमन्त्री आउँदै र जाँदैमा बजार प्रभावित नहुने बताउँछन् । बजार यसअघि नै निकै घटिसकेको र अझै पनि उपयुक्त औषधि नपाए तल झर्ने उनको भनाइ छ । उनी भन्छन, ‘अब बजारलाई ढाडस दिँदै बोलेरमात्र हुँदैन, औषधि नै दिनुपर्छ । सरकारले नीतिगत डिपार्चर नगरे बजार अझै तल घटे पनि अचम्म नमान्दा हुन्छ ।’
ब्रोकर एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाट शेयर बजारमा अब बोलेरमात्र नहुने बताउँछन् । अहिलेको अर्थमन्त्री बजारका लागि टेस्टेड नभएकाले अब उनले लिने नीतिलाई मात्र बजारले पत्याउने रानाभाटको भनाइ छ । ‘विष्णु पौडेल टेस्टेड भएकाले उहाँ आउने हल्लाले मात्र पनि बजार बढेको थियो’, उनले भने । अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चा चलेपछि बजार विस्तारै हरियाली बनेको थियो । पुस १४ गते शेयर बजारले २ हजारको विन्दु पार गर्दै २०२९ मा उक्लियो । यतिबेलासम्म बजार पूँजीकरण २९ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको थियो । विस्तारै बढ्दै गएको बजार माघ ५ गते २१७८.८१ विन्दुमा अडियो । बजार पूँजीकरणले ३१ खर्ब ४५ अर्ब रुपैयाँ नाघ्यो । सत्ता समीकरण बदलिएपछि फागुन १५ गते अर्थमन्त्री विष्णु पौडेलसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिए ।
त्यस्तै पौडेलले राजीनामा दिनुअघि नै बजार घट्न थालेको थियो । राजीनामापछि बजार अधिकांश कारोबारमा घट्दै गएको देखिन्छ । अहिले देशको अर्थतन्त्र नै सकसमा छ । राजस्व संकलन प्रभावकारी हुन सकेको छैन । आम्दानीभन्दा खर्च बढी छ । बैंकको ब्याजदरको विषयमा उद्योगी, व्यवसायी तथा लगानीकर्ता अझै सन्तुष्ट बन्न सकेका छैनन् ।
