
Ksb
Ksb
Nsb
Csb
Ssb
Usb
Rks
Bsn
Ksb
Gsb
Tgp
Rsb
Ppu
Ssb

Usb
Hl1
Tsb
Gsb
Ssb

Nps
ptl
Rgu
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ ।
त्यस्तै निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १० र बाह्यतर्फ प्रतिलिटर १० रूपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।
यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखिएको निगमले जानकारी दिएको छ । मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १६५ रुपैयाँमा पाइने छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० पर्ने निगमले जानकारी दिएको छ ।
