
nsm
Ssbus
Ssbus
Gsl
Sssbus1
Pbu
ssbus
Ssbus
Sssbus1
tssbus

Ssm
Ksm
Ggd
Rgu
Bbu
Tsm
Rsb
Bbbpu
Vor
Rgs
Hal
nsb
Sbs
Gst
Sls
Rgu
Wsp
Pvg
Asm

Jmb
bbt
Bml
Mks
Rpp
Syp
Jmb
sab
Gsb
Ptm
Rmb
Abd
Pls
कपिलवस्तु । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन,शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ ।
नगरप्रमुख रजत प्रताप शाहकाे संयाेज्कत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी याेजना नवाैं नगरसभाले प्रतिवद्धता लिएकाे छ । नगरसभाले शिक्षाको गुणस्तर कायम,स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार,बस पार्क व्यवस्थापन लगायतक्षसार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना,सबै प्रकारका कर,दस्तुर र शुल्क उठाउन नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक बर्षबाटै परिचालन गरिने थप याेजनाबारे नगरप्रमुख रजत प्रताप शाहले सभालाई जानकारी गराउनु भएकाे थियाे ।
नगरप्रमुख शाहले आय व्यय प्रस्तुत गर्दा गत आर्थिक बर्ष २०७८/७९ मा कुल आम्दानी रु ६८ करोड ५७ लाख ४४ हजार ३३ रुपैया मात्र भएको थियो भने कुल रु ५२ करोड ८४ लाख २६ हजार ८ सय ८० रुपैयां खर्च भइ बचे रकम रु १५ करोड ७३ लाख १७ हजार १ सय ५३ मध्ये रु २ करोड ५० लाख चालु आर्थिक वर्षको आय अनुमानमा समावेश गरिसकेको बताउनुभयने । चालु आर्थिक बर्षमा समाबेश नभएको रु १३ करोड २३ लाख ७६ हजार १ सय ५३ बाट खर्च गर्ने बताउनुभयाे ।
त्यस्तै चालू आर्थिक बर्षमा आन्तरिक आय तर्फ रु २ करोड आम्दानी प्रक्षेपण गरिएकोमा मंसीर मसान्त सम्म सबै वडा बाट कूल रु १२ लाख ७८ हजार ७७१, भन्सार व्यारियर बाट रु २० लाख ७ हजार ५० नगरपालिका संकलन केन्द्रबाट २४ लाख ११ हजार ४११ र नदी जन्य पदार्थको विक्री बापत प्राप्त भएको रु २३ लाख ५५ हजार ५०५ को ६० प्रतिशतले हुन आउने रु १४ लाख १३ हजार ३ सय ०३ गरी कूल रु ७१ लाख ०९ हजार ३ सय ०३ मात्र आन्तरिक आय संकलन भएको छ । चालू आ.ब. मा नगरपालिकाको कूल ७६ करोड ३२ लाख ४५ हजार बजेट मध्ये चालू तर्फको ४४ करोड २७ लाख २४ हजार मा २३ .१३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फको ३२ करोड ५ लाख २० हजारमा १७ प्रतिशत यथार्थ खर्च भएको जसमा हालसम्म कूल अनुमानित आयको ४३ प्रतिशत यर्थाथ आय भएको जानकारी दिनुभयाे ।
यस्तै नगरसभाका सचिव इश्वरी प्रसाद शर्माले नगरपालिका विभिन्न समितिहरुकाे प्रगति विवरण प्रस्तुत गराउंदै अगामी दिनमा नगरकार्यपालिकाले ल्याएका याेजनाहरु पारदर्शी ढंगले अगाडि बढ्ने बताउनुभयाे । सभामा पदाधिकारी,शाखा प्रमुख, कर्मचारी,संचारकर्मी लगायतकाे उपस्थितमा सर्वसम्मतले सम्पन्न भएकाे संचालक इश्वरी पाैडेलले जानकारी दिनुभएकाे छ ।
