
pku
Pes
Pbu
Lnp
sbs
Sgr
Djs
Srbpu
Ggp
Rgp
cjs
Unsku
Gfs
Rgp1

Pvg
Wsp
Ksm
Sls
Ggd
Rsb
Vor
Rgu
Sbs
Tsm
Bbu
Rgu
Asm
Bbbpu
Hal
Ssm
Gst
Rgs
nsb

Jmb
Mks
Jmb
Pls
sab
Abd
Gsb
Syp
Rmb
bbt
Ptm
Rpp
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा भाेलीदेखि राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन कार्य शुरु हुने भएको छ ।
पहिलो चरणमा गाउँपालिकाकाे वडा नम्वर १,२,४,६,७,८ र ९ बाट विवरण संकलनको कार्य शुरु गरिन लागेको हाे भने बाँकी वडाहरुमा दुई तीन दिन भित्रै विवरण संकलन गरिने भएको छ।
यसै विषयमा मंगलबार जिल्ला प्रशासन कार्यलय दाङको आयाेजना तथा राप्ती गाउँपालिकाकाे सह आयाेजनामा राप्ती गाउँपालिकाकाे सभा हल मसुरियामा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र उपाध्यक्ष कमलापति चाैधरीकाे विशिष्ट आतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको हाे।
साे अवसरमा बाेल्दै अध्यक्ष विष्टले राष्ट्रिय परिचपत्र निर्माण जस्तो महत्वपूर्ण कार्यमा कोहीपनि नछुट्ने गरी विवरण टिपाई राज्यलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।त्यस्तै उहाँले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकलाई हरेक सरकारी कामकाजमा सहजता हुने भएकाले सकभर कोही पनि नछुट्न अनुरोध गर्नु भयाे।
परिचय पत्र बनाउन आउदा नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल सहित, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा गाउँपालिकाको सिफारिस,नागरिकका प्रमाणपत्रमा उल्लेख भएको ठेगाना भन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाई सराई प्रमाणपत्र वा बसोबास प्रामाणित भएको कागज,नागरिकताको प्रमाणपत्रमा पति पत्नीको नाम नखुलेमा विवाह दर्ता प्रमाणपत्र वा विवाह प्रमाणित भएको कागज वा नाता प्रमाणित वा पति पत्नी भएको प्रमाणित हुने अन्य सरकारी कागज,नागरिकताको प्रमाणपत्रमा अंग्रेजीमा नाम नखुलेको भए सम्भव भएसम्म अंग्रेजीमा नाम खुल्ने कागजात,विवरण पुष्टि गर्ने अन्य कागजातहरु अनिवार्य साथमा ल्याउनु पर्ने फाेकल पर्सन विपिन आचार्यले जानकारी गराउनु भएको छ।
राष्ट्रिय परिचयपत्र” व्यक्तिका परिचय प्रमाणिकरणको डिजिटल समाधान हो ।
डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ ।
यसलाई सफलतापूर्वक आफ्नो देशमा लागू गराउने धेरै देशहरुको नीति रहेको छ भने कतिपय देशमा यसको सफल प्रयोग समेत भैरहेको छ । विना भेदभाव सबै नागरिकहरुले यस्तो डिजिटल परिचयपत्र प्राप्त गर्नु भनेको राष्ट्रिय समावेशीकरणलाई समेत टेवा पुर्याउनु हो ।
नेपाल सरकारले २०६६/०६७ को बार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रको रुपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिनेछ र यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ भनी घोषणा अनुसार नेपाल सरकारको मिति २०६७ साल असार १६ को निर्णयानुसार गृहमन्त्रालय अन्तर्गत विभागस्तरको केन्द्रीय निकायको रुपमा मिति २०६७ साल साउन १ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो ।
त्यस्तै पछि मिति २०७५ साल असोज २८ मा उक्त केन्द्र र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको केन्द्रीय पञ्जीकरण विभागलाई एकिकृत गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गर्ने निर्णय भए अनुसार राष्ट्रिय परिचयपत्रको काम समेत यसै विभागबाट हुदै आएको छ । राष्ट्रिय परिचयपत्र कार्यक्रमलाई प्रकृयागतरुपमा अघि बढाउन “राष्ट्रिय परिचयपत्र व्यवस्थापनको रणनीतिक योजना २०७५” , “राष्ट्रिय परिचयपत्र वितरणका लागि नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता तथा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी कार्यविधि,२०७५”, मन्त्रिपरिषद् र मन्त्रालयस्तरीय विभिन्न निर्णयहरुलाई आधार लिईंदै आइएकोमा मिति २०७६ माघ २८ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन जारी भएपछि यसको लागि कानूनी आधार निर्माण भएको छ ।
आ.व.२०७५/०७६ मा पाँचथर जिल्लाका नागरिकहरु तथा सिंहदरबार परिसरका कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गरी राष्ट्रिय परिचयपत्रको सफल परीक्षण भइसकेको छ । अहिले देशभर राष्ट्रियपरिचय पत्र निर्माणका लागि विभागबाट कर्मचारीहरु विभिन्न पालिकाहरुमा पुगेर विवरण संकलनको काम भईरहेको छ ।
