
Ggp
cjs
Rgp1
Pbu
Sgr
Srbpu
sbs
Djs
Lnp
Rgp
pku
Pes
Unsku
Gfs

Rgu
nsb
Rgs
Vor
Bbu
Rgu
Wsp
Tsm
Rsb
Gst
Ssm
Sls
Asm
Bbbpu
Ggd
Hal
Sbs
Pvg
Ksm

Rpp
Jmb
Syp
Gsb
Jmb
bbt
Ptm
Pls
sab
Bml
Rmb
Abd
Mks
दाङ । अबैध उत्खनन् गरी लोड गरिरहेको अबस्थामा प्रहरीले ४ वटा ट्याक्टरलाई नियन्तरणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय भालुबाङ्गले मंगलबार बिहान ७ बजे ट्याक्टर नियन्तरणमा लिएको हो । एकाबिहानै खोलाबाट अबैध ढुँगा बालुवा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको भालुबाङका प्रहरी प्रमुख सुजन बिक्रम शाहले बताए ।
राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर स्थित राप्ती नदीको किनारमा नदिजन्य पदार्थ लोड गरिरहेको अबस्थामा प्रहरीले ट्याक्टर छोपेको हो । रा १ त ४३६४, ना ७ त ५६८८, रा १ त २५३२ र रा १ त ४३७५ नम्बरका ट्याक्टरहरु अबैध उत्खननमा ब्यस्त थिए । प्रहरी प्रमुख शाहले कारबाहीका लागि राप्ती गाउँपालिका पठाईसकेको पनि जानकारी दिए । ट्याक्टरहरु ढुङ्गा र बालुवा लोड अबस्थामा रहेका थिए ।
त्यस्तै यता राप्ती गाउँपालिकाले भने राजस्व नलिई छोपिएको ट्याक्टरलाई छाडेको छ । नदिजन्य पदार्थ उत्खनन् कार्यबिधी अनुसार अबैध उत्खनन्मा संलग्न पर ट्याक्टरलाई २० हजार रुपैया जरिवाना लिनुपर्ने प्राबधान छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अबैध उत्खनन् नभएको दाबी गरेका छन् ।
उपभोक्ताको प्रयोगका लागि उत्खनन् भएको र वडा कार्यालयले सामान्य राजस्व लिएर अनुमती दिएको बताए । वडा कार्यालयले उत्खनन्का लागि दिएको अनुमतीपत्रमा समय नखुलाईएको अध्यक्ष बिष्टले स्विकारे । ‘भुलबस समय खुलाईएन होला, यसमा वडाध्यक्षले पनि स्विकार्नु भयो अध्यक्ष बिष्टले भने-आजको उत्खनन् अबैध चाँही होईन, उपभोक्ताबाट डबल राजस्व लिनुपनि त भएन ।’त्यसोत राप्ती नदीमा दैनिक जसो अबैध उत्खनन् भईरहन्छन ।
राप्तीबाट गुपचुपमा राती नदीजन्य पदार्थ ओसारपसार भईरहने स्थानीयहरु बताउछन् । रातीको उत्खनन्ले चोरी होकि भन्ने थप पुष्टि गर्छ । त्यसोत देउखुरीका ४ पालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि अझै टेण्डर आह्वान गरेका छैनन् । तर उत्खनन् भने भईरहेका हुन्छन । यसतर्फ नियमन गर्ने सम्बन्धित निकाय मौन देखिएका छन् ।
