
Pes
Unsku
cjs
Lnp
Rgp
Ggp
Srbpu
Djs
Sgr
sbs
Pbu
Rgp1
Gfs
pku

Pvg
Vor
Bbu
Sbs
Bbbpu
Ksm
Rgs
Asm
Ggd
Rsb
Sls
Rgu
Ssm
nsb
Wsp
Rgu
Gst
Tsm
Hal

Gsb
sab
Bml
Jmb
Pls
Ptm
bbt
Abd
Mks
Rpp
Rmb
Jmb
Syp
दाङ । शैक्षिक सत्र २०७९ को अर्धवार्षिक परीक्षा आजबाट सुरु भएको छ । पालिकाका अधिकांश सरकारी विद्यालयले आजबाट अर्धवार्षिक परीक्षा सञ्चालन गरेका छन् ।
केहि सरकारी तथा निजी विद्यालयले भेने अनुकूल समयमा केहि समय अघि पछि परीक्षा संचालन गर्नेछन् । गुणस्तरीय शिक्षण सिकाइका लागी अगाडी बढी रहेका राजपुर गाउँपालिकामा रेकर्ड कायम गर्दै सोमवारदेखि पालिका स्तरीय अर्ध बार्षिक परीक्षा सुरु भएका छ ।
राजपुर गाउँपालिकामा करिब ३२ वटा विद्यालयहरु अर्धबार्षिक परिक्षामा सहभागी भएको राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशव लम्सालले बताउनु भयो । अर्धबार्षिक परीक्षा पालिकास्तरीय शैक्षिक समन्वय समिती र विद्यालय आफैले पनि सञ्चलन गर्ने भएकोले,पालिका स्तरमै प्रश्न पत्र निर्माण गरि परीक्षा सुरु हुँदा शिक्षा क्षेत्रमा अमुल्य परिवर्तन हुनेछ,परिक्षामा पालिकाको पनि पुर्ण रुपले सहयोग हुनेछ,शिक्षा क्षेत्रलाई नयाँ तरिकाबाट अगाडि लैजाने लक्ष्यका साथ अन्य क्षेत्रहरुमा काम जारी रहेको छ र शिक्षामा परिवर्तनको लागी सबैको सहयोगको आवश्यकता रहेको कुरा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले बताउनु भएको छ।
त्यस्तै आजबाट सुरु भएको परीक्षामा सहभागी सम्पूर्ण पालिका अन्तर्गतको विद्यार्थीलाई शुभकामना दिँदै शिक्षालाई पहिलो प्राथमिकतामा राख्न सुझाव गर्दै सार्वजनिक शिक्षामा सुधार ल्याउन, गुणस्तरीय शिक्षा प्रदान गर्न यसलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताएका हुन् ।
अधिकांश विद्यालयले बिहान र दिउँसो दई चरणमा अर्धवार्षिक परीक्षा सञ्चालन गरेका छन् । पुस ११ गतेबाट सुरु भएका अर्धवार्षिक परीक्षा २० गते सम्म सन्चालन हुने कुरा परीक्षा समितीले जनाएको छ।
