
cjs
Rgp1
Lnp
Gfs
Unsku
Pbu
Sgr
Ggp
Pes
Rgp
Djs
sbs
pku
Srbpu

Wsp
Rsb
nsb
Vor
Sls
Sbs
Hal
Bbu
Bbbpu
Rgu
Rgs
Asm
Tsm
Ksm
Ssm
Ggd
Pvg
Gst
Rgu

Syp
Ptm
Abd
Bml
Rmb
Gsb
Rpp
Jmb
Pls
sab
Mks
Jmb
bbt
दाङ । गौमुखी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण शभा आज लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनीको अध्यक्षता तथा लमही नगरपालिकाका उप-प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अबसरमा बोल्दै उप-प्रमुख योगिले बचत तथा ऋण सहकारी संस्था देशको आर्थिक मेरुदण्ड भएको बताउनु भयो । उहाँले गाउँघरमा छरिएर रहेको पुजीलाई एकत्रीत गैरसहकारीको माध्यमबाट साना तथा मझौला उद्यम ब्यबसाय सचालन गरेर आत्म निर्भर बन्नका लागी बचत तथा ऋण सहकारीले समुदायमा राम्रो भुमिका खेलेको बताउनु भयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि लमही नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष ओम प्रकाश सुबेदी (सागर)ले सहकारीहरु सहकारीको नितिनियम र उदेश्य अनुसार सचालन हुन आबश्यक रहेको बताउनु भयो । पछिल्ले समय सहकारीहरुले संस्थाको उदेश्य बिपरित काम गर्दा केही सहकारीहरुको अबस्था दयनिय बन्दै गएकोले बचत तथा ऋण सहकारीहरुका सदस्यहरुले त्यसको निगरानी र अनुगमन गर्न आबश्यक रहेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष अन्जु भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका ब्यबस्थापक शिबा शर्माले वार्षिक प्रगति प्रतिबेदन सचिव नारायण गीरीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । आर्थीक प्रतीबेदन संस्थाका कोषाअध्यक्ष ऋषीराम आर्चाय र लेखा प्रतीबेदन गोदीन्द पुलामीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उतकृष्ट कार्य गर्ने बिभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको थियो । असल मासिक बचत कर्ताबाट शान्ता घिमिरे, असल कर्जा अजुलीबाट हिरा रोका, असल दैनिक बचत कर्ताबाट शान्ता जिसिलाइृ सम्मान गरिएको थियो ।
त्यसैगरि असल कर्मचारी शिबा शर्मा,पबित्रा आचार्य, राधा आचार्यलाई पनी सम्मान गरिएको थियो भने जेष्ठ शेयर सदस्य प्रेम बहादुर खत्रिलाई पनि सम्मान गरिएको थियो । त्यसैगरि संस्थाका अध्यक्ष पदम प्रसाद पुडासैनी,कोषध्यष्क्ष रिसीराम आचार्य, सल्लाहाकारहरु नारायण प्रसाद आचार्य पदम प्रसाद गोराथोकी,ऋण समिति सयोजक बल बहादुर राना, र लेखा समिति सयोजक गोबिन्द पुलामीलाई संस्थागत सम्मान गरिएको थियो । कार्यक्रमको सचालन संस्थाका सचिव नारायण गिरीले गर्नुभएको थियो ।

