
Pes
Gfs
sbs
Pbu
pku
Sgr
Rgp1
Lnp
Djs
Srbpu
Ggp
Unsku
Rgp
cjs

Sbs
Bbbpu
Asm
Tsm
nsb
Rgu
Ssm
Sls
Rgs
Hal
Ksm
Ggd
Bbu
Rsb
Vor
Gst
Wsp
Pvg
Rgu

Jmb
Bml
Rpp
Mks
Ptm
Rmb
Syp
Abd
Jmb
bbt
sab
Pls
Gsb
दाङ । देउखुरीको गढवा गाउँपालिकाले ईलाका प्रहरी कार्यालय गढवालाई ५६ इन्चको यु एच डि एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ।
शुक्रबार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र गढवा गाउँपालिका भित्रका विभिन्न संघ संस्थाहरुको उपस्थितिमा इलाका प्रहरी कार्यालय गढवाका प्रमुख रञ्जु केसीलाई एलइडी टेलिभिजन हस्तान्तरण गरेको गढवा गाउँपालिकाले जनाएको छ ।
गढवा गाउँपालिकाको बजार क्षेत्रको सुरक्षा ब्यवस्था लाई मध्यनजर गर्दै गढवा बजारको विभिन्न स्थानमा क्यामेरा जडान पछी निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय गढवा लाई ५६ इन्चको एक थान एलइडी टेलिभिजन हस्तान्तरण गरेको गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलले बताउनु भयो । अध्यक्ष पोख्रेलका अनुसार गढवा गाउँपालिकाभित्र चोरी लगायत अपराधिक गतिविधि लाई मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गरिएको हो ।
त्यसलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो निगरानीमा राख्ने बताउनु भयो। ‘सुखी गढवा खुसी गढवा गाउँपालिका’ निर्माणमा आफू लागिपरेको बताउँदै १ नम्बर वडादेखि ८ नम्बर वडासम्मका मुख्य मुख्य ठाउँमा स्थानीयको सल्लाह-सुझाव अनुसार अघि सिसिटिभी क्यामेरा जडान गरिने बताउनु भयो । राप्तीको प्रवेशद्वारको रुपमा रहेको गढवा गाउँपालिकालाई सुरक्षित बनाउने उदेश्यले गढवा बजारको मुख्य चोकहरुमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । भने केही स्थानमा आवश्यकता अनुसार सिसिटिभी क्यामेरा जडान गरिने गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनु भयो । गाउँपालिकामा अपराधिक गतिविधिमा कमी आउने उपाध्यक्ष चौधरीको विश्वास छ ।

