
Unsku
Srbpu
Pbu
Djs
Rgp
pku
cjs
sbs
Sgr
Pes
Ggp
Rgp1
Lnp
Gfs

Wsp
Rsb
Rgs
Hal
Ksm
nsb
Bbu
Ssm
Ggd
Rgu
Tsm
Bbbpu
Asm
Gst
Pvg
Sls
Vor
Rgu
Sbs

Ptm
sab
Gsb
Rmb
Mks
Syp
Jmb
Jmb
Rpp
bbt
Abd
Bml
Pls
कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे कृष्णनगर क्षेत्रबाट नेपाल प्रहरीले ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ गरेकाे छ ।
राति दश बजे विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे तथा प्रहरी चौकी बेदर्मीका प्रहरी सहायक निरीक्षक अजय कुमार गुप्ता समेतको संयुक्त प्रहरी गस्ती टोलीले लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा कृष्णनगर नगरपालिका वडा नं. १२ , मानपुर गाउँ बस्ने वर्ष २२ का दुर्गा प्रसाद खटिकलाई चेकजाँच गर्दा ज्याकेटमा छिपाई राखेको ४५ ग्राम लागु औषध ( ब्राउन सुगर ) खैरो गिलो पदार्थ जस्तो देखिने बरामद गरिएकाे हो ।
पक्राउ परेका खटिकलाई म्याद थप भई अनुसन्धानका लागि हिरासतमा राखिएकाे ईप्रका कृष्णनगरका प्रनि पाण्डेले बताउनु भयो । लागु औषध बिरूद्ध आक्रमक शैली अपनाएका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले केहि समय अगाडि चरेस सहित मानिस समात्न सफल रहदै केही हप्ता अगाडि १६.५ केजी अफिम सहित ३ महिलालाई समातेका तथा लागु औषध सेवन गर्ने व्यक्तिहरूलाई पक्राउ गरि शुक्ष्म तरिकाले अनुसंधान गरिरहेका पाण्डे ठूलो मात्रामा ब्राउन सुगर समात्न सफल भएका हुन् ।
त्यस्तै ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले कुरा गर्दै भनेकी आफू लागु औषध तथा मानव बेचबिखन जस्ता जघन्य अपराधमा संलग्न लाई कानुनी दायरामा लाउने तथा समाजमा शान्ति सुरक्षा स्थापित गर्न हरेक सम्भव प्रयास गरिरहने बताए ।
