
Srbpu
Pes
Rgp1
cjs
Rgp
Unsku
pku
Sgr
Gfs
Lnp
Pbu
sbs
Djs
Ggp

Pvg
Rsb
nsb
Asm
Rgu
Bbbpu
Ggd
Rgu
Sls
Bbu
Tsm
Vor
Gst
Wsp
Ssm
Hal
Sbs
Ksm
Rgs

Ptm
Rpp
Bml
Gsb
Jmb
Mks
bbt
Abd
Pls
Syp
Rmb
Jmb
sab
कपिलवस्तु । दुई वर्ष ६ महिना २३ दिनको लामो समयपछि वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभरम्भ भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले वैज्ञानिक व्यवस्थापनको व्यानर पढेर शुभारम्भ गरेका हुन् । जनता र सरकार बिच समन्वय गरेर लिइएको यो अवधारणालाई सफल अवधारणाको रुपमा लिइएको उनले बताए । यसै अवधारणाको आधारमा रहेर नियम कानुनहरुको पालना गर्दै वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्ने सबैको दायित्व भएको बताए ।
यस्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले वन व्यवस्थापनको शुभारम्भलाई शुभकामना दिँदै वनलाई प्रयोग मात्र नभई उपयोग गर्नुपर्नेमा जोड दिए । अहिलेका पुस्ताको वन पैदावारको माग र सेवालाई परिपूर्ति गर्दै भावि पुस्तालाई पनि आपूर्तिमा असर नपर्ने गरी वन व्यवस्थापन गर्ने विषयमा स्पष्ट पारे ।
त्यस्तै कार्यक्रममा डिभिजनल वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले वन संवद्र्धन प्रणालीको बारेमा जानकारी दिँदै यस वनमा कार्ययोजनाबमोजिम यस वर्ष पुनर्त्पादन कटान, थिनिङ र पुनरुत्पादन तयारी कटानलगायत वन संवद्र्धनका कार्यहरु हुने बिषयमा जानकारी दिए ।
यस्तै वैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघकी केन्द्रिय अध्यक्ष रेनु सेनले वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम २०६७÷०६८ मा कपिलवस्तु जिल्लाबाट शुरुवात भएको र ०७७ जेठ १५ गते उपभोक्ताहरुको अधिकार कटौती हुनेगरी राज्यले एक्कासी रोक लगाएको हुँदा उपभोक्ताहरुको हक अधिकारको लागि बैज्ञानिक बनको माग गर्दै आन्दोलन कपिलवस्तुबाट शुरुवात गरिएको बताइन् ।
यस्तै उनले विगत अढाई वर्षबाट वन व्यवस्थापनका कामहरु ठप्प भएको कार्यक्रमलाई पुनःयसै जिल्लाबाट नै शुभारम्भ गर्न पाउँदा यस कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई वैज्ञानिक वन महासंघको तर्फबाट र व्यक्तिग ततर्फबाट धन्यवाद सहित आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि पूर्ण रुपमा सहयोग प्राप्त हुने छ भन्ने अपेक्षासहित उपभोक्ताको हक अधिकार सुनिश्चित भएको पाउँदा खुशी व्यक्त गरिन् ।
कार्यक्रम वैजलपुर सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय कपिलवस्तुको समन्वयमा सम्पन्न कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेको अध्यक्षतामा प्रदेश सचिवहरु, महाशाखा प्रमुख नारायण देव भट्टराई, डिभिजनल वन अधिकृतहरु, वैज्ञानिक वन उपभोक्ता महासंघ, साझेदारी वन महासंघ, डिभिजन वन कार्यालयका कर्मचारीहरु र विभिन्न सरोकारवालाहरु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रको सञ्चालन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खिलप्रसाद तामाङले गर्नु भएको थियो ।
