
Pes
Unsku
Lnp
Ggp
Rgp1
Srbpu
sbs
Rgp
Djs
Sgr
Pbu
pku
Gfs
cjs

Bbbpu
Ggd
Tsm
Rgu
Gst
Sls
Wsp
Rgs
Sbs
Rgu
Hal
nsb
Ssm
Bbu
Vor
Asm
Ksm
Rsb
Pvg

Mks
Jmb
Syp
Jmb
Bml
Pls
bbt
Rmb
sab
Abd
Ptm
Gsb
Rpp
दाङ । पुर्वमा मानपर खोला,पश्चिममा गुरुङखोला र उत्तरमा राप्ती नदी तथा दक्षिणमा चुरेबाट बग्ने खहरेको भेल । हामी अनिकालमा बिउ जोगाउन पनि नसक्ने भएका छौ भने बाढीको प्रकोपको हुलचालमा जिउ पनि जोगाउन हम्मे हम्मे अवस्थामा छौं–गढवा ७ चन्दनपुर निवासी उमाकान्त डाँगीले भन्नुभयो । बर्षातको समयमा हामी चारै तिरको बाढीले चपेटामा परेका छौं तर राज्यका निकायहरु हाम्रो समस्या बुझ्दैनन् ।
हाम्रो गाउँमा रहेको सयौं बिगाह जमिन सुख्खा छ,कहिँ कतैबाट कुलोको सिंचाई छैन । नागरिकको बाच्न पाउने र खान पाउने अधिकारबाट हामी बञ्चीत भएका छौं । गत २०२४ सालसम्म दंगालीछाप कुलोको पानीले हाम्रो जमिनमा सिंचाई हुन्थ्यो । धेरै पहिलाको कुरा हो यस गाउँमा ठूलो आगलागी भएर सिंगो गाउँ नै ध्वस्त भयो । झण्डै २÷३ बर्ष घरहरु पुर्ननिर्माणमा समय लाग्यो । मानपुर खोलोले सो कुलोलाई काटेपछि यहाँ सिंचाई हुन छोड्यो त्यसपछि हाम्रो जमिन सुख्खा भयो–डाँगीले भन्नुभयो । गढवा गाउँपालिका साबिक वडा नम्बर ९ का शान्तीपुर,बिजयपुर,लक्षिनपुर,भोजपुर र चन्दनपुर गरि पाँच गाउँका झण्डै ६ सय घरधुरीका नागरिकहरु एकातिर नदी कटानको उच्च जोखिममा रहेका छन् भने अर्कोतिर सिंचाई सुविधाबाट पनि पुर्ण रुपमा बञ्चीत भएका छन् ।
त्यस्तै राष्ट्रिय गौरबको बड्कापथ सिंचाई आयोजनाको सर्भे गढवाका सबै वडाहरु हुदै वडानम्बर ७ को मानपुर सम्म आउने भएको छ भने सोहि वडाका यि पाँच गाउँमा आयोजनाको सिंचाईबाट नागरिकहरु बञ्चीत हुने भएका छन् ।
त्यत्तीमात्र होइन यि गाउँहरुमा खानेपानी आयोजनाको टैंकी निर्माण हुदै गर्दा निर्माणाधिन अवस्थामै योजना अलपत्र परेको छ । हामी तिन तिरबाट खोला र नदीको चपेटामा रहँदा टापुका नागरिक भएर बाँचेका छौं–स्थानीय गौरी बुढाथोकीले भन्नुभयो । हाम्रो बाँच्न पाउने र खान पाउने अधिकार हनन् भएको महसुस भएको छ । एकातिर जंगली जनावर बदेलको आतंकले खेतिपाति खान पाइएको छैन भने अर्कोतिर सिंचाई सुविधाबाट पुर्ण रुपमा बञ्चीत भएका छौं । राज्यका निकायहरुले हाम्रो आवाज सुन्दिनु पर्छ । चुनावमा भोट माग्न आउने तर जितेर गएपछि हाम्रा समस्या नबुझ्ने नेताहरुको बानी सुधार्न आवश्यक छ–स्थानीय भरथरी चौधरीले भन्नुभयो । बड्कापथ सिंचई आयोजनाको सर्भेका लागि निकै पहल गर्यौं तर हाम्रा यि बस्तिमा उक्त आयोजनाको कुलोको लागि सर्भे नै गरिएन ।
