
Pes
Rgp1
pku
Ggp
Rgp
Lnp
Gfs
Pbu
Srbpu
cjs
sbs
Unsku
Sgr
Djs

Bbbpu
Sbs
Vor
Ssm
Rsb
Rgs
Ksm
Rgu
Ggd
Hal
Rgu
Asm
nsb
Sls
Wsp
Pvg
Gst
Bbu
Tsm

Rmb
Ptm
Abd
Bml
bbt
Mks
Jmb
sab
Jmb
Rpp
Syp
Pls
Gsb
दाङ । पौष्टिक कृषि सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका कोषाध्यक्ष टोपलाल सुवेदी सागर ले संस्थागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गढवाको वडा नम्बर ६ र ७ मा कार्यक्षेत्र रहेको सो सहकारी संस्थाले यस क्षेत्रका किसानहरुलाई मलखाद उपलब्ध गराउँदै आउको छ । कुल ११२ जना शेयर सदस्यहरु रहेको सो सहकारी संस्थाको चुक्ता शेयर पूँजी १० लाख २४ हजार, बार्षिक बचत संकलन १ लाख १७ हजार र ऋण लगानी २२ लाख २७ हजार रहेको साधारणसभामा जानकारी गराइएको हो । कुल सम्पत्ति २६ लाख १७ हजार रहेको सो सहकारीको यस बर्षको कूल कारोवार ४ लाख ४६ हजार रहेको संस्थाका कोषाध्यक्ष टोपलाल सुवेदीले जानकारी दिनुभयो ।
साधारणसभालाई प्रमुख अतिथीको आसनबाट संबोधन गर्दै वडा सदस्य दिनमणि आचार्यले सहकारी नाफामुखि मात्र नाभएर सेवामुखि पनि हुनुपर्ने बताउनु भयो । सहकारीहरुले सबै सलदस्यहरुको सहकार्यमा उत्पादनमुखि लगानीमा जोड दिन आवश्यक रहेको उहाँले औल्याउनुभयो । कार्यक्रममा युवराज आचार्य,मोहनलाल चौधरी र माधव शर्मा पण्डित लगायतले बोल्नु भएको थियो । उपाध्यक्ष रुमा अर्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ऋण समितिका संयोजक पटवारी यादवले गर्नुभएको थियो ।
