
sbs
Rgp1
cjs
Djs
Srbpu
Lnp
Ggp
Pes
Gfs
Unsku
Sgr
Pbu
Rgp
pku

Ksm
Hal
Sls
Asm
Gst
Ggd
Rgu
Bbu
nsb
Tsm
Bbbpu
Wsp
Ssm
Sbs
Rgs
Rgu
Pvg
Vor
Rsb

Abd
Ptm
Mks
Pls
Rmb
Syp
Bml
Rpp
Jmb
bbt
Jmb
Gsb
sab
दाङ । शान्तिनगर गाउँपालिका – ६ निवासी २५ वर्षीय दुर्गा कुँवरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित श्रीगैंमा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
आफ्नी श्रीमती दिदीको घर गएको अबस्थामा कुँवर पनि त्यहीसँगै गएका थिए । त्यहाँ गएको बेला विवाद भएको थियो । विवाद भएपछि श्रीमती र उनकी दिदी मिलेर बाहिरबाट चुकुल लगाएर कुँवरलाई भित्र हुले । त्यसपछि केही स्थानीय आएर कुटपिट गरेका थिए । करिब ७ मिनेटसम्म कुटपिटपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली त्यहाँ पुगेर उद्धार गरेको थियो ।
प्रहरी पुग्दा उनलाई हातखुट्टा बाँधिएको अवस्थामा राखिएको एक स्थानीयले बताए । प्रहरीले उनको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि लगिएको थियो । अहिले उनको अवस्था सामान्य छ ।
कसरी भयो घटना ?
६ बर्ष अघि दुर्गा विहे गरेर मलेसिया गए । मलेसिया गएपनि उनकी श्रीमती र उनीबीच दुई वर्षसम्म सम्बन्ध राम्रै थियो । कुराकानी पनि भइरहन्थ्यो । श्रीमानले श्रीमतीलाई पैसा पनि पठाईरहेका थिए । तर, दुई वर्षपछि उनीहरुबीचको सम्बन्धमा दरार आएको थियो । पारिवारिक स्रोतका अनुसार सम्बन्धमा ददार आइरहेपछि सम्बन्ध विच्छेद गर्ने भनि कुँवर मलेसियाबाट केही दिन अघि मात्रै घरमा आएका थिए । उनीहरुबीच सम्बन्ध विच्छेद गर्ने कुरा थियो । त्यही सल्लाह गर्न उनकी श्रीमतीले दिदीको घर श्रीमानलाई बोलाकी थिइन् । श्रीगैंमा बोलाउँदा उनकी श्रीमती, दिदी र सासु थिए । त्यहाँ उनीहरुबीच केहीबेर कुरा पछि विवाद भयो । विवाद भएपछि श्रीमती,दिदी र सासुले कुँवरलाई भित्र हुलेर बाहिर चुकुल लगाईदिए । त्यसपछि उनीहरुले स्थानीय जनप्रतिनिधि र प्रहरीलाई बोलाए ।
उनीहरुको विवाद मिलाउन आएका स्थानीयहरु उल्टै केटामाथि कुटपिट गर्न तम्सिए । स्रोतका अनुसार त्यहाँ प्रहरी र जनप्रतिनिधि पनि आएका थिए । तर, युवकलाई कुटपिट गर्दा पनि प्रहरी र जनप्रतिनिधि रमिते बनेर हेरिरहेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान थालिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
