
Gfs
Djs
Rgp
Pes
Ggp
sbs
Sgr
cjs
Lnp
Srbpu
Pbu
pku
Unsku
Rgp1

Rsb
Pvg
Ssm
Tsm
Ggd
Wsp
Hal
Ksm
Rgu
Bbu
Gst
Rgs
Asm
Sbs
nsb
Vor
Rgu
Sls
Bbbpu

Gsb
sab
Syp
Pls
Jmb
Ptm
Abd
Jmb
Rmb
Bml
bbt
Mks
Rpp
दाङ । नेपाली समाजमा काम नगरेरै मुनाफा कमाउने प्रबृत्ति हावी भएकोले देशको अर्थतन्त्र घाटामा गैरहेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजित थारुले बताउनु भयो ।
मुनाफा कमाउन पसिना बगाउनु पर्छ । कमिसन तन्त्रको लालच समाज सरकार र राजनितिक दलमा समेत ब्याप्त हुनु हुदैन । यसो भयो भने देशको अर्थतन्त्र मजबुद हुन सक्दैन उहाँले बताउनुभयो । राजपुर स्थित सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारणसभालाई संबोधन गर्दै मन्त्री थारुले यस्तो बताउनु भएको हो ।
उक्त सहकारीका अध्यक्ष ऋषिराम घिमिरेको अध्यक्षता र मन्त्री थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै मन्त्री थारुले जनताका आधारभूत आवश्यकताहरु पुरा गर्न सरकारको दायित्व भएको बताउदै अर्थतन्त्र बलियो बनाउन उत्पादनमुखि कार्यक्रम अगाडी सानुपर्ने र सिप सहितको दक्ष जनशक्ति आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा संस्थाका ब्यवस्थापक पे्रमनारायण न्यौपानेले ८ करोड १४ लाख १९ हजार बराबरको कारोवार रहेको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा राजपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुर्य प्रसाद चौधरी,प्रधानमन्त्री कृषि आधुनिकीकरण मकै सुपरजोनका बरिष्ठ अधिकृत महेश रेग्मी,कृषि बिकास बैंक गढवाका पदम प्रसाद प्याकुरेल,इको नेपाल मल्टी एग्रो प्रालीका संचालक चुडामणि पोखे्रल,चाँदनी कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल वली,कार्यक्रम संयोजक अग्नी कुमार भट्टराई,शेयर सदस्यहरु बालीका न्यौपाने,उपाध्यक्ष नवराज न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सदस्य शिशिर खनालले गर्नु भएको थियो ।
