अनिल खत्री/गुल्मी बिहिबार, मंसिर २९, २०७९

गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।

प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बिहिवार जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । प्रतिष्ठान गुल्मीले यहिँ मंसिर २९ गते देखि पुस २ गतेसम्म बिभिन्न रचनात्मक कार्यक्रम गरेर संस्थाको सातौं जिल्ला अधिवेशन गर्न लागेको छ । अधिवेशनको अबसरमा मंसिर २९ गते उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । चिसो बढेसँगै फरक क्षमताका विद्यार्थीलाई सहयोग स्वरुप एक कार्यक्रमका बिच गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद गैरेले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् अधिवेशनको पुस २ गते हुने मञ्चको कार्यक्रममा राष्ट्रिय कलाकारसँगै बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीले जनाएको छ ।

प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट कार्यसमिति सम्मान र संस्थालाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । अधिवेशनको तयारी स्वरुप बिभिन्न समिति बनाएर काम अगाडी बढाइएको छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ ।

त्यस्तै प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा नयाँ कलाकारलाई पोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो । तर यसपटक बिबिध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]