Sidha Patra बुधबार, मंसिर २८, २०७९

दाङ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी नगरपालिकामा नभएको रहस्य फेला परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले प्रयोग गर्दै आएको बा २ झ ४२०१ नम्बरको कार करिब २० दिनदेखी नगरपालिका मातहतमा नभएको पाइएको हो । केही समय अगाडी प्रमुख प्रशासकीय अधिकृत डाँगीले कर्मचारीहरुमाथी “तानाशाह“ प्रवृत्ती लादेको भन्दै कर्मचारीहरुले काम गर्न नसक्ने जनाउँदै अधिकृत डाँगीको सरुवा नभएसम्म काम नगर्ने अडान लिएर आन्दोलित भएका थिए ।

आन्दोलनका क्रममा काठमाडाैं बसेका विवादित अधिकृत डाँगी मंसिर १५ गते आएर लमही नगर विकास समितिमा रहेको कोठामा बसेको सूचना पाएपछि आन्दोलित कर्मचारीहरु सोही ठाउँमा पुगेर घेराबन्दी गरेपछि जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र आन्दोलित कर्मचारीहरुबीच त्रिपक्षिय छलफल गरी सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने सर्तमा आन्दोलन स्थगन गरिएको थियो ।

निर्वाचन आचारसंहिता २० गतेसम्म भएकाले अधिकृत डाँगीको स्थानमा नयाँ अधिकृत ल्याउन प्रक्रिया थालिने र डाँगीको उपस्थिति नजनाउने गरी गएको भएपनि तर लमही नगरपालिकामा पुनः हाजिर भई नियमित रुपमा कामकाज गर्ने वातावरण मिलाई पाउँ भनी नगर प्रमुखलाई सम्बाेधन तथा बोधार्थमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंलाई पत्र लेखेका छन् ।करिब एक महिनासम्म प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको नगरपालिकाको अधिकृतले प्रयोग गर्दै आएको गाडी गायब भएपछि हालसम्म खोजी गरिएको छैन । सरकारी गाडी गायव हुँदा समेत लमही नगरपालिकालाई कुनै वास्ता नभएको र जनताको करबाट खरिद गरिएको गाडीलाई व्यक्तिगत रुपमा त्यो पनि नगरपालिका समेतलाई जानकारी नदिई प्रयोग गर्नु “दूरुपयोग” भएको लमहीका जुझारु युवा मोहन केसीले बताए ।

सोही गाडीका चालक मधुसुदन केसीले उक्त गाडी प्रमुख प्रशासकीय अधिकृतले लगेको जानकारी दिए । उनले भने गाडी काठमाडौं छ होला,नगरपालिकामा सोधेर लग्नु भएको हो । तपाईलाई केही थाहा छ? भन्ने जिज्ञासामा चालक केसीले त्यो कुरा आफूलाई जानकारी नभएको बताए ।

यता नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडी हिजो (मंगलबार) सम्म नगरपालिका हाताभित्र नदेखिएको जानकारी दिए । उनले भने गाडी क्वार्टर परिसरमा पनि छैन, आजको हकमा भन्दा म काममा बाहिर छु । नगरपालिकामा गाडी नभएकोमा कहाँ गयो, कसले लगेको छ भन्ने कुरा आश्चयर्य बनेको छ । जुन कुरा मलाई मेरो शाखामा जानकारी छैन ।

आर्थिक बर्ष २०७५–०७६ मा टेण्डर प्रक्रियाबाट खरिद गरिएको ३२ लाख ७५ हजारको कार गायव हुँदासम्म नगरपालिकाका मेयर जोगराज चौधरी बेखबर छन् । मेयर चौधरीले भने, ‘गाडी नभएको कुरा मैले निमित्तसँग थाहा पाएँ, मलाई कसैले पनि सोधेर लगेको छैन् । सो सम्बन्धमा अधिकृत डाँगीलाई जानकारी लिनका लागि सम्पर्क गरेपनि सफल हुन सकिएन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]