Sidha Patra बिहिबार, कार्तिक १७, २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले लेखा प्रणालीलाई प्रविधिसंग जोड्न निर्देशन दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको दुई दिने विद्यालय अनलाइन लेखा व्यवस्थापन अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खड्काले लेखा प्रणालीलाई चुस्तदुरुस्त राख्दै प्रविधिसंग जोड्न सके आर्थिक पारदर्शिता देखिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले आर्थिक विवरणलाई दैनिकरुपमा अद्यावधिक गर्दै राख्न निर्देशन दिनुभएको थियो । उहाँले विद्यालयको लेखा प्रणालीलाई थप व्यवस्थित तुल्याउनका लागि पालिकाबाट अभिमुखीकरणको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले सार्वजनिक खरिद ऐनलाई नै टेकेर खरिद र निर्माणका प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा प्रशिक्षक तुलसीपुर उपमहानगरपालिका लेखाप्रमुख खिमलाल वलीले बजेट निकासा र खरिद नियम प्रक्रिया पुर्‍याएरै काम अघि बढाउनुपर्ने बताउनुभयो । शिक्षा शाखाका प्रमुख चक्रबहादुर भण्डारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन शाखाका अधिकृत मनबहादुर खड्काले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]