तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, कार्तिक १४, २०७९

दाङ । चाडपर्व तथा सार्वजनिक बिदाका बेला प्राय कर्मचारीहरु तथा जनप्रतिनिधिहरु आफ्ना आफन्तहरुसँग रमाइलो गर्ने,विभिन्न ठाउँमा घुम्न गएर समय बिताएको पाइन्छ ।

तर राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने तिहार बिदाकाे अवधिभर सिसहनियाँ स्वास्थ्य चौकीबाट बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नु भएकाे छ । तिहारकाे बेला केहि स्वास्थ्यकर्मीहरु बिदामा बसेकाले अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीहरूलाई स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी नहाेस् भन्ने उदेश्यले उहाँले साे सेवा प्रदान गर्नु भएको हाे।

चाडपर्वकाे बेला सवारी साधन दुर्घटनाकाे सम्भावना बढी हुने र खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या उत्पन्न भई स्वास्थ्य सेवा लिन आउनेहरुकाे संख्यामा समेत पछिल्लो समय वृद्धि भएको पाइन्छ । साे स्वास्थ्य चाैकीमा गत असाेज १४ गते देखि विशेषज्ञ सहितकाे २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा प्रदान भई रहेको छ।यता बिदाका बेलामा समेत अध्यक्ष विष्टबाट स्वास्थ्य सेवा लिन पउदा बिरामीहरू भने निकै खुसी भएका छन । अध्यक्ष विष्ट देउखुरी क्षेत्रका स्थापित र कुशल स्वास्थ्यकर्मी मध्येका एक स्वास्थ्यकर्मीकाे रुपमा समेत परिचित हुनुहुन्छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]