
cjs
Pbu
Gfs
Pes
Rgp
Sgr
Srbpu
Rgp1
sbs
Unsku
Djs
pku
Ggp
Lnp

Hal
Ksm
Pvg
Sls
Asm
Rsb
Bbbpu
nsb
Gst
Rgu
Vor
Tsm
Bbu
Ggd
Rgu
Sbs
Ssm
Rgs
Wsp

Jmb
Bml
Syp
Rmb
Gsb
Abd
Rpp
Jmb
bbt
sab
Pls
Mks
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गत असाेज १८ गतेदेखि परेको अविरल वर्षतका कारण आएकाे बाढी,पहिरो पीडित नागरिकहरुलाई गाउँमै गएर नगद सहित अन्य राहत सामाग्री प्रदान गरेकाे छ।
यसै क्रममा अबरुद्ध सिसहनियाँ करङ्गकाेट जाेड्ने माेटर बाटाे सुचारु भए संगै मंगलबार वडा नं. ५ काे विकट पहाडी गाउँ करङ्गेकाेट गाउँमै गएर पीडितहरुलाई साे राहत सामाग्री प्रदान गरिएको हाे। राप्ती गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्ट,निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पाैडेल र वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरीकाे राेहवरमा साे सामाग्री पिडितहरु लाई प्रदान गरिएको हाे।
पहिराले पूर्णरूपमा घरमा क्षति पुगेका पीडित घरपरिवारलाई गाउँ कार्यपालिकाकाे निर्णय बमोजिम प्रति घर प्रदान गरिने नगद ५० हजार रुपैयाँ मध्ये साे क्षेत्रका ४ घरपरिवारलाई पहिलो किस्ता बाफत २५ हजार रुपैयाँ प्रदान गरिएको हाे। त्यसै उनीहरुलाई गाउँपालिकामा विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा ब्लाङ्केट लगाएका राहत सामाग्री समेत प्रदान गरिएको छ।
त्यस्तै अन्य पहिरो पीडित घरपरिवारहरुलाई वितरण गर्नका करिब १८ क्युनटल खाद्यान्न वडा सदस्य भुपलाल थापा मगर र करङ्गेकाेट टाेल विकास संस्थाका अध्यक्ष गिर बहादुर थापा मगर लाई हस्तान्तरण गरिएको छ। साे अबसरमा बाेल्दै गाउँपालिका अध्यक्ष विष्टले पीडित परिवारलाई घर निर्माण कार्यमा सहयाेग पुगाेस् भन्ने उदेश्यले पालिकाले साे रकम प्रदान गरेकाे बताए।
त्यस्तै उनले अन्य सहयाेगका लागि प्रदेश र संघिय सरकार समक्ष माग गरिएको जानकारी दिदै पहिरोले पूर्णरूपमा घर जग्गा बगाएका घरपरिवार लाई अन्यत्र पुर्नस्थापनाका गर्नका लागि स्थानीय सरकारले सहयोग गर्ने समेत बताए । साे अबसरमा वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ, कार्यपालिका सदस्य रणबहादुर पुँजाली,अधिकृत द्वय बासु खनाल र दामोदर आचार्य,वडा नं ५ का वडा सदस्य गाेविन्द कवर,भुपलाल थापा मगर, ईलाका प्रहरी चाैकीका सिसहनियाँका ईन्चार्ज जीवन केसी,समाजसेवी तथा बुद्धिजीवी चित्र बहादुर थापा मगर,पत्रकार तुलबहादुर कँवर मगर लगायतकाे सहभागीता रहेको थियाे।
