
cjs
Gfs
Unsku
pku
Sgr
Srbpu
Pbu
Djs
Rgp1
Ggp
Pes
Rgp
sbs
Lnp

Bbbpu
nsb
Bbu
Rgs
Rgu
Rgu
Wsp
Hal
Gst
Asm
Tsm
Rsb
Ksm
Ggd
Vor
Sls
Sbs
Ssm
Pvg

Syp
Bml
Pls
Rmb
bbt
Mks
Abd
Jmb
Jmb
Ptm
Rpp
sab
Gsb
बाँके । पूर्व-पश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूलाई नियमन गर्न बाँके ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा खटेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु अघि सारेको हो । बाँकेमा सवारी दुर्घटना बढेपछि र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जनाएको छ।
त्यस्तै सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । उनले भने अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने वैज्ञानिक रुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो ।
जिल्ला भित्र र बाहिर जाने यातायातका धनी चालक तथा सहचालकहरूलाई सचेतना,साइकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने,सवारी दुर्घटना गराउने दोषीलाई कारबाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर बाँके ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहले बताए । जाडोमा बाक्लो हुस्सु,मादक पदार्थ सेवन,साँझमा विपरीत दिशाका दुई यातायातका साधनका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अध्यधिक दुर्घटना बढेको बाँके जिल्ला ट्राफिक प्रमुख निरीक्षक हिमालय शाहले बताए ।
यस्तै पछिल्ला दिनमा तीन पाङग्रे सवारी साधन र राजमार्गमा चल्ने बसको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको तथ्यांक छ । ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुट परमिट लिएर मात्र सवारी साधन चलाउन, कागजपत्र दुरुस्त राख्न,निर्धारित भाडादर भन्दा बढी भाडा नलिन,सवारी साधन चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ।
