
Rgp
Srbpu
Ggp
Djs
cjs
Pes
sbs
Lnp
Pbu
Sgr
Rgp1
pku
Unsku
Gfs

Wsp
Bbbpu
nsb
Rgu
Tsm
Rsb
Ggd
Bbu
Rgs
Sbs
Asm
Sls
Ssm
Rgu
Ksm
Pvg
Vor
Gst
Hal

Ptm
Jmb
Mks
Gsb
bbt
Jmb
Bml
Abd
sab
Rmb
Pls
Syp
Rpp
दाङ । गत महिना परेको अविरल वर्षात पछि आएकाे पहिरोले पूर्णरूपमा क्षति पुगेका वडा नम्बर ९ का ५ घर परिवारहरुलाई शनिबार राप्ती गाउँपालिकाले नगत सहित अन्य राहत सामाग्री प्रदान गरेकाे छ।
राप्ती गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी र वडा नं.९ का अध्यक्ष रिम बहादुर सुनारी मगरकाे राेहवरमा साे सामाग्री पीडितहरुलाई प्रदान गरिएको हाे।
त्यस्तै पूर्णरूपमा घरमा क्षति पुगेका पीडित घरपरिवारलाई प्रति घर प्रदान गरिने ५० हजर रुपैयाँ मध्ये उनीहरूलाई पहिलो किस्ता बाफत २५ हजार रुपैयाँ नगद सहित खाद्यान्न,लत्ताकपडा,भाडाकुडा लगायतका राहत सामाग्री प्रदान गरिएको हाे। त्यस्तै अन्य पहिरो पीडित घरपरिवारहरुलाई वितरण गर्नका लागि करिब १८ क्युनटल खाद्यान्न वडा अध्यक्ष सुनारी मगरलाई हस्तान्तरण गरिएको राप्ती गाउँपालिका विपद व्यवस्थापन शाखा प्रमुख शुबास भट्टराईले जानकारी दिनु भयाे।
साे अबसरमा बाेल्दै गाउँपालिका अध्यक्ष विष्टले पीडित परिवारलाई घर निर्माण कार्यमा सहयाेग पुगाेस् भन्ने उदेश्यले पालिकाले साे रकम प्रदान गरेकाे बतानु भयाे । त्यस्तै उहाँले अन्य सहयाेगका लागि प्रदेश र संघिय सरकार समक्ष माग गरिएको जानकारी दिदै पहिरोले पूर्णरूपमा घर जग्गा बगाएका घरपरिवारलाई अन्यत्र पुर्नस्थापनाका गर्नका लागि स्थानीय सरकारले सहयोग गर्ने समेत बताउनु भयाे।
यस्तै उक्त कार्यक्रममा गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,सिपी नेपालका कार्यक्रमका संयाेजक हेमराज शर्मा, समाजसेवी झग्गु अधिकारी,पत्रकार नेत्र खनाल ,तुल बहादुर कवँर मगर,युवा नेता शरद गिरी लगायतकाे उपस्थिति रहेको थियाे।
