
sbs
pku
Unsku
Rgp1
Lnp
Ggp
Pes
Rgp
Srbpu
Djs
cjs
Gfs
Pbu
Sgr

Vor
Rgs
Rgu
Ksm
Ggd
Rgu
Sls
Ssm
Asm
Tsm
Rsb
Hal
Pvg
Sbs
Wsp
Bbu
Bbbpu
nsb
Gst

Jmb
Abd
bbt
Bml
Rmb
Rpp
Syp
Ptm
sab
Gsb
Mks
Jmb
Pls
दाङ । गढवा गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ ।
बुधवार गढवा गाउँपालिका र कुमारी बिकाश बैंक गढवाका अध्यक्ष बैंक कर्मचारी पैसा बोकेर गढवा गाउँपालिका वडा नम्बर – २ मा पुग्दा सेवाग्राहीहरु खुसीले गदगद भए। यस अघि जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, बृद्ध बृद्धा, सबैलाई घण्टौ समय लगाएर गढवा बजारमा आएर पैसा निकाल्नु पर्ने हुन्थ्यो।
वर्षौदेखि वृद्ध भत्ता बुझ्न बैंकमा नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती हुने गरेको गढवा गाउँपालिका वडा नम्बर – २ महादेवाका ८७ वर्षीय पल्टु चौधरी बताउछन् । आँखा राम्रोसंग देख्दिन, बैंकमा जान पनि सक्दैन थें अब त वडा मै पैसा आयो ज्यादै खुशी छु चौधरीले भने। अहिले यी समस्याबाट हजारौं लक्षित व्यक्तिले छुटकारा पाएका छन्। गाउँपालिकाले वडाबाटै भत्ता बाँड्न थालेपछि नागरिकलाई सहज भएको चौधरीले बताए।
त्यस्तै गढवा गाउँपालिका वडा नम्बर – २ महदेवाका लबारी चौधरी उमेरले ८३ लागे। उनलाई सामाजिक सुरक्षा भत्ता बुझ्नै महाभारत हुन्थ्यो । घरबाट गढवा बजार पुग्न साइकलमा घण्टौ लाग्ने गरेको बताए। ‘बुढेसकालमा धेरै सहज भयो,दुई खुड्किलो टेक्दा वडा कार्यालय पुगिन्छ,त्यहींबाट भत्ता पाउन थालेको छु’ चौधरी भन्छन्,’टाढा हुँदा न बैंकबारे केहि बुझिन्थ्यो न भत्ता लिन जानै सजिलो थियो,सबै सास्ती कम भयो।’ चौधरीले भने।
वडाबाटै सहज सेवा पाउनाले समय,खर्च,कष्टकर यात्राबाट छुटकारा मिलेको गढवा गाउँपालिका-२ की जुगानी चौधरीले बताइन्। भन्छिन्,’गाउँपालिकाले वडाबाट दिएको सेवाले अहिले धेरै सजिलो छ,घण्टौं लगाएर जानुपर्ने बाध्यता कम भएको छ,खर्च पनि जोगिएको छ।’
जेष्ठ नागरिक,अपाङ्गता भएका ब्यक्तिहरु,बृद्ध बृद्धाहरुको समस्यालाई ध्यानमा राखी आफ्ना नागरिकलाई वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल बताउछन् । पालिकाको उद्देश्य नागरिकको सेवालाई सहज बनाउने तर्फ अग्रसर रहेको भन्दै वडाबाटै भत्ता वितरण प्रकृया सुरु गरेको अध्यक्ष शर्माले बताए।
यस्तै विशेषगरि शारीरिक दुर्बलताका ज्येष्ठ नागरिक र अपागंलाई सहजता दिन गाउँपालिकाले वडाबाटै वितरणको काम थालेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताइन् । जनतालाई भत्ता लिन कष्टकर यात्रा गर्नुपर्ने समस्यालाई कम गर्ने उद्देश्यले वडाबाटै भत्ता वितरणको काम थालिएको गाउँपालिकाकी उपाध्यक्ष चौधरीले बताइन्।
आठ वडा रहेको गढवा गाउँपालिकाको सात बाहेकका सबै वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको हो । गढवा गाउँपालिका पञ्जिकरण शाखाका प्रमुख ऋषिराम यादवले जानकारी दिए। सात वडामा वितरण प्रकृया सुरु भएको जानकारी दिए। ‘शारीरीक रूपमा अशक्त वर्गको सुलभताका लागि वडाबाटै बाँड्न थालिएको हो, जसमा ज्येष्ठ नागरिक र अपांग व्यक्तिहरूलाई विशेष ग्राहयता दिएका छौं,’ २ नम्बर वडाका वडाध्यक्ष भक्तु चौधरीले जानकारी दिए।
त्यस्तै घर पायक वा दूरीको हिसाबले नजिकका वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ।’ आगामी दिनमा परिस्थितीलाई हेरेर गाउँपालिकाका केही सरकारी सेवा पनि स्थानीय पायक ठाउँमै दिने योजना रहेको वडाध्यक्ष चौधरीले भने ।
