
Gfs
cjs
Rgp1
Ggp
Rgp
Srbpu
Pes
Unsku
Sgr
Pbu
pku
Djs
Lnp
sbs

Rgu
Ssm
Gst
Tsm
Vor
Ksm
Pvg
Asm
Bbu
Bbbpu
nsb
Sbs
Rsb
Sls
Hal
Rgu
Wsp
Rgs
Ggd

Pls
Ptm
Jmb
Syp
bbt
Jmb
sab
Rmb
Mks
Abd
Bml
Gsb
Rpp
दाङ । उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई हाजिर गर्न दिनु भनेर लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारि गरेको छ। अदालतले असोज २८ गते अन्तरिम आदेश जारि गरेको थियो भने आज पुनः उक्त आदेशलाई निरन्तरता दिएको छ ।
यहि असोज २४ गते लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने भनेर निर्णय गरेको थियो । नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकले अन्यायमा परेको भन्दै डाँगी २७ गते उच्च अदालत तुलसीपुर पुगेका थिए ।
असोज २७ गते उच्च अदालत पुगेर हाजिर गर्न पाउँ भनेर डाँगीले दिएको रिट नेवेदनमाथि टुंगो नलागे सम्म निवेदकलाई तोकिएको पदमा हाजिर गराई कामकाज गर्न नरोक्नु, रोक्न नलगाउनु भनि विपक्षीहरुका नाममा असोज २७ गते उच्च अदालत तुलसीपुरले अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम अन्तरिम आदेश जारि गरेको छ ।
कार्यपालिकाले गरेका निर्णयलाई प्रमाणीकरण गर्ने अधिकार प्राप्त व्यक्ति प्रमुख प्रशासकीय अधिकृत हो, प्रमुख प्रशासकीय अधिकृत बिना गरेका निर्णयहरु र बैठकलाई कानुनतः बैधानिक मान्न सकिंदैन, लमही नगरपालिकाका कानूनी सल्लाहकार दीपक रेग्मीले भने ।
डाँगीले सहज तरिकाले नगरपालिकामा हाजिरी गर्न नपाएपछि हाजिर गर्न पाउँ भन्दै उच्च अदालत तुलसीपुरमा रिट निवेदन दिएका थिए ।
नगरपालिकाका सबै सेवा प्रभावित
प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाबाट प्रबाह हुने सबै कामकाज ठप्प भएका छन। सेवाग्राही मर्कामा परेका छन। नगरपालिकामा प्रशासन कार्य संचालन गर्ने मुख्य व्यक्ति नहुँदा नियमित सिफारिस देखि लिएर योजनाका, भुक्तानी समेत रोकिएका छन ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार हुन सकेको छैन भने बाढी पिडितहरुले अहिले सम्म राहत पाउन सकेका छैनन् । तेलको कुपनमा हस्ताक्षर गर्दिने मान्छे नभएर फोहोर उठाउने गाडी समेत बन्द हुने अवस्थामा पुगेको छ ।
