Sidha Patra मंगलबार, कार्तिक ०१, २०७९

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर/किशोरीको शव पोष्टमर्टम फरेन्सिक बिज्ञबाट गरिने भएको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका रेस्मी अधिकारीले जानकारी दिए ।

प्रहरीले आग्रह गरे अनुसार पाँचरछ वटा चेकजाँच गर्न सक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए । घटना अनुसन्धानका लागि आइतबारदेखि नै तुलसीपुरमा खटिएका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चिकित्सकले शव पोष्टमर्टम गर्न नमानेपछि घोराहीबाट बोलाउनु परेको बताए । तुलसीपुरका चिकित्सकले नमानेपछि पोष्टमर्टमका लागि शव घोराही पठाउने कि भनेर छलफल चललेको घोराहीबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर तुलसीपुरमै पोष्टमर्टम गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए ।

दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं। ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १५ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए ।

त्यस्तै उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो । शव फेला परेको २४ घन्टा बढी बितिसक्दा पनि अझै पोष्टमर्टम हुन सकेको छैन। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए । किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास तथ्य भेटाउन सकेको छैन ।तुलसीपुर अनलाइन

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]