इराधा झाक्री मगर शुक्रबार, आश्विन २१, २०७९

दाङ । दाङको भालुबाङ र अर्घाखाँचीको सातमारा र लाहाप्पे आसपासका क्षेत्रहरुमा लगातार तीन दिनदेखि परेको वर्षातले नदीको बहाव बढेर प्रभावित पारेको छ ।

अर्घाखाँची र दाङ जिल्लाको सिमानामा रहेको राप्ती नदीको बहाव बढेकोले त्यस ठाँउहरुमा क्षेती पुर्‍याउने संम्भाबना बढी रहेको छ । लगातार परेको पानीले त्यहाँका गोठ र बाङ्गुर फार्म लगायत राप्ती नदी छेउछाउमा रहेको घरहरु जोखिममा रहेका छन् । सदाको झै सय फिट जतिको रुखहरुलाई पनि छोएर माथिसम्म पुगेको पानीको बहाव जस्तै लागातार पानी पर्‍यो भने भालुबाङ पुरानो बजारलाई डुबाउने संभावना रहेको छ ।

त्यस्तै पारी अर्घाखाँची र वारी दाङ रहेको छ । राप्ती नदी वारिपारी सयौंको सङ्ख्यामा घर,गोठहरु र बङ्गुर फार्महरु रहेका छ्न । भालुबाङ बङ्गुर फार्महरुमा राप्ती नदीले परेको असरले बङ्गुर पालक किसानहरुलाई सास्ती भएको छ । बङ्गुरहरुलाई खोरबाट निकाली रुखहरुमा बाधेर राखि राखेका छन् । त्यस क्षेत्रका नागरिकले राम्रोसंग खान न राम्री बस्न पाएका छैनन् ।

यस्तै हो भने हामी के गर्ने भनेर पीडित नागरिकले दु:ख पोखेका छन्। एकै छिन पनि नरोकी दिन,रात परेको पानीको झरिले भालुबाङ र लाहाप्पे मात्र नभएर राप्ती नदीले मलमला,गढवा,राजपुर लगायत लमही नगर पालिकाका केहि वडाहरुमा पनि असर पारेको रहेको छ । मंगलबार रातीबाट परेको पानीले देशैभर प्रभाबित पारेको रेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]