
Unsku
Sgr
Lnp
pku
Gfs
cjs
Rgp1
Djs
Pes
Srbpu
Pbu
sbs
Ggp
Rgp

Sls
Ssm
Gst
Sbs
Rgu
Rgu
Rgs
Vor
Ksm
Tsm
Rsb
Pvg
Hal
Bbu
Ggd
nsb
Wsp
Bbbpu
Asm

Bml
bbt
Gsb
Mks
Pls
Rpp
sab
Rmb
Abd
Jmb
Jmb
Syp
Ptm
दाङ । लगातार वर्षातका कारण देउखुरीको राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले राप्ती नदीको बहाव बढेको जानकारी दिएका छन् । उनका अनुसार बुधवार दिउसो साढे १ बजे खतराको तह पार गरी ५.४५ मिटर पुगेको छ, यो खतराको तह हो ।
राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राप्ती नदीको तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरे । निरन्तर बर्षा जारी रहेको र नदीको तल्लो तटियय क्षेत्रमा काठ दाउरा समात्न,निकाल्न जाने कार्य अति जोखिमपूर्ण भएकाले नदीको किनार छेउमा नजान समेत अनुरोध गरेका छन् ।
देउखुरीका विभिन्न क्षेत्र जलमग्न
लगातारको बर्षातका कारण दाङ सहित देउखुरीको विभिन्न क्षेत्रहरू जलमग्न भएको छ । निरन्तर वर्षाका कारण देउखुरीको विभिन्न वडाहरू जलमग्न भएको हो । राप्ती नदी आसपासका बस्तीहरु जलमग्न भएका हुन् । स्थानीय खोलामा बाढी आउँदा लमही गढवा यातायात सेवा प्रभावित भएको छ ।
वर्षाको कारण लमही,राजपुर,गढवा,राप्ती लगायतका विभिन्न क्षेत्रहर जलमग्न भएका छन् । यता लमही नगररपालिका नगर प्रमुख जोगराज चौधरीले नगरबासीलाई सर्तकता अपनाउन आग्रह गरेका छन् । त्यसैगरी लमही नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले लगातार वर्षातका कारण कुनै क्षति भएमा तत्कालै लमही नगरपालिका विपद् शाखा ०८२–५४०८५०, नगर प्रमुख ९८५७८४२५५५, नगर–उपप्रमुख ९८५७८४२४४४ र प्रमुख प्रशासकीय अधिकृत ९८५७८३७१११ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
