
Unsku
sbs
Pes
Srbpu
Lnp
Rgp
Ggp
cjs
Sgr
Pbu
Gfs
Rgp1
pku
Djs

Hal
Tsm
Pvg
Sls
Bbu
Ksm
Ssm
Rgu
Gst
Ggd
Rsb
Wsp
Sbs
Asm
Rgu
Rgs
Vor
nsb
Bbbpu

Gsb
Jmb
Pls
bbt
Rpp
Rmb
Ptm
Abd
sab
Mks
Syp
Bml
Jmb
बुटवल । रुपन्देहीको बुटवलस्थित् कोरोना विशेष अस्थायी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.२ की ३७ वर्षीय महिला र बुटवल उपमहानगरपालिका वडा नं. ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिनु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि भदौ १७ गते आइसोलेसनमा भर्ना भएकी महिलालाई शुक्रबार रातीदेखि भेन्टिलेटरमा राखिएको थियो । कोरोना संक्रमणबाहेक अरू कुनै स्वास्थ्य समस्या नदेखिएको भएपनि शनिबार बिहान ६ बजे महिलाको मृत्यु भएको डा. थापाले बताउनु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिका ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति सवा ११ बजे मृत्यु भएको हो । उनी भदौ १५ गतेदेखि अस्पतालमा भर्ना भएका थिए भने चार दिनयता भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो । दुवै जनामा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले बताउनु भयो । यो सँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ । अहिले अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।
