
Sgr
cjs
Unsku
Ggp
Rgp
Lnp
Gfs
pku
sbs
Pbu
Rgp1
Pes
Srbpu
Djs

Asm
Ggd
Bbu
Hal
Rgs
Ssm
Bbbpu
Ksm
Tsm
nsb
Rgu
Rsb
Vor
Pvg
Sls
Gst
Rgu
Sbs
Wsp

Jmb
Ptm
Bml
Pls
Mks
Gsb
sab
Abd
Rpp
Rmb
bbt
Syp
Jmb
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।
जिल्लाको ऐरावती गाउँपालिका -३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।
त्यस्तै खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी -३ नौघाटदेखि दाङको भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्वरको बसको ढोकाबाट खसेर पाण्डे गंभिर घाईते भएकी थिईन । घाइते पाण्डेलाई उपचारका लागि भालुवाङ स्थित राप्ती पोलिक्लिकमा लगिएकोमा पोलिक्लिनीकले मृत घोषणा गरेपश्चात पोस्टमार्टमका लागि लमही लगिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए ।उनले भने,’ ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डेले सन्तुलन गुमाएर लड्न पुगेको भन्ने खुल्न आएको छ।’
यस्तै अहिले उक्त बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
