
Ggp
Pes
pku
Srbpu
Rgp
cjs
Unsku
Sgr
Rgp1
sbs
Djs
Pbu
Gfs
Lnp

Tsm
Ssm
Sls
Bbbpu
Vor
Sbs
Ggd
Rsb
Rgs
Gst
Pvg
Hal
Asm
Ksm
nsb
Bbu
Rgu
Rgu
Wsp

sab
Syp
Gsb
Abd
Jmb
Ptm
Rpp
Bml
Pls
bbt
Jmb
Rmb
Mks
दाङ । दाङको राप्ती गाउँपालिकामा केही दिन अघि सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई बुधबार राप्ती प्रेस मञ्चले स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेको छ ।
लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका वलीलाई मञ्चले फूलमाला र टीका लगाएर स्वागत गरेको हो ।
स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वलीले पत्रकारहरूलाई सत्य तथ्य सुचनाहरू संप्रेषण गर्न सुझाव दिएका छन् । उनले गाउँपालिकामा हुने राम्रा कुराको प्रचार प्रसार गर्न र नराम्रा कुराको खवरदार आवश्यक रहेको बताएका थिए । प्रमुख अतिथि समेत रहेका वलीले राजधानी कार्यान्वयका विषयमा पत्रकारहरू सकरात्मक कुराहरू संप्रेषण गर्न र राजधानीलाई प्रभाव पार्ने कुरामा विषेश ध्यान दिन सुझाव समेत दिएका छन् ।
त्यस्तै उनले आफू राप्ती गाउँपालिकामा रहँदा सम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरूले प्रमुख प्रशासकीय अधिकृत वलीलाई मिडियामैत्री बन्न सुझाव दिएका थिए ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी, ७ का वडा अध्यक्ष सिताराम चाैधरी, ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ, मञ्चका प्रमुख संरक्षक महेश रिजाल, उपाध्यक्ष बासुदेव न्याैपाने, सचिव बलराम शाही (भिसुन), कोषाध्यक्ष हुमा सुनार, सदस्य किरण जिसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
