ओमप्रकाश गुप्ता बुधबार, आश्विन ०५, २०७९

दाङ । दाङको राप्ती गाउँपालिकामा केही दिन अघि सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई बुधबार राप्ती प्रेस मञ्चले स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेको छ ।

लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका वलीलाई मञ्चले फूलमाला र टीका लगाएर स्वागत गरेको हो ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वलीले पत्रकारहरूलाई सत्य तथ्य सुचनाहरू संप्रेषण गर्न सुझाव दिएका छन् । उनले गाउँपालिकामा हुने राम्रा कुराको प्रचार प्रसार गर्न र नराम्रा कुराको खवरदार आवश्यक रहेको बताएका थिए । प्रमुख अतिथि समेत रहेका वलीले राजधानी कार्यान्वयका विषयमा पत्रकारहरू सकरात्मक कुराहरू संप्रेषण गर्न र राजधानीलाई प्रभाव पार्ने कुरामा विषेश ध्यान दिन सुझाव समेत दिएका छन् ।

त्यस्तै उनले आफू राप्ती गाउँपालिकामा रहँदा सम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरूले प्रमुख प्रशासकीय अधिकृत वलीलाई मिडियामैत्री बन्न सुझाव दिएका थिए ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी, ७ का वडा अध्यक्ष सिताराम चाैधरी, ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ, मञ्चका प्रमुख संरक्षक महेश रिजाल, उपाध्यक्ष बासुदेव न्याैपाने, सचिव बलराम शाही (भिसुन), कोषाध्यक्ष हुमा सुनार, सदस्य किरण जिसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]