सागर थापा बुधबार, भाद्र ०८, २०७९

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने ६ वटा मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले पक्राउ गरेर कारवाही गरिएको जानकारी दिनुभयो । ठूलो आवाज निकाल्ने सवारी साधनले ध्वनी प्रदुषणसमेत गर्ने गरेको उहाँको भनाइ छ ।दाङ ट्राफिकले जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर,फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई सञ्चालनमा कडाइ गरेको छ ।

त्यस्तै ट्राफिक प्रमुख परियारले मोटरसाइकलले ध्वनी प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने,लापरवाही ढङ्गले चलाउने, जीकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले कारवाही गरेको र मोटरसाइकल मिस्त्रीलाई बोलाएर मोडिफाई साइलेन्जरलाई चेन्ज गरेर नयाँ फेरेर अबदेखि मोडिफाई नगर्न सम्झाएर पठाएको ट्राफिक प्रमुख परियारले बताउनु भयो ।ठूलो आवाज निकाल्ने मोटरसाइकल जुनसुकै सडकमा गुडिरहेमा ट्राफिक प्रहरीलाई खबर गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]