
Ksbus
Rgp
Asbus
Ggp
Ggp
Lnp
Sdc
Ksbus
Msbus

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने ६ वटा मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले पक्राउ गरेर कारवाही गरिएको जानकारी दिनुभयो । ठूलो आवाज निकाल्ने सवारी साधनले ध्वनी प्रदुषणसमेत गर्ने गरेको उहाँको भनाइ छ ।
दाङ ट्राफिकले जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर,फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई सञ्चालनमा कडाइ गरेको छ ।
त्यस्तै ट्राफिक प्रमुख परियारले मोटरसाइकलले ध्वनी प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने,लापरवाही ढङ्गले चलाउने, जीकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले कारवाही गरेको र मोटरसाइकल मिस्त्रीलाई बोलाएर मोडिफाई साइलेन्जरलाई चेन्ज गरेर नयाँ फेरेर अबदेखि मोडिफाई नगर्न सम्झाएर पठाएको ट्राफिक प्रमुख परियारले बताउनु भयो ।
ठूलो आवाज निकाल्ने मोटरसाइकल जुनसुकै सडकमा गुडिरहेमा ट्राफिक प्रहरीलाई खबर गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ ।
