
Sgr
pku
Pbu
Unsku
Ggp
Rgp1
Lnp
Srbpu
Rgp

Ssm
Rgs
Hal
Sbs
Tsm
Bbbpu
Asm
Gst
Rgu
Pvg
Sls
Wsp
Vor
Ggd
nsb
Rgu
Ksm
Bbu
Rsb

Ptm
sab
Jmb
Rpp
Mks
bbt
Gsb
Rmb
Syp
Abd
Jmb
Pls
Bml
पर्सा । बिरगंजको मुख्य भन्सार नाकाबाटै तस्कर समूहले निर्वाध रुपमा करोडौँ मूल्यका सामान भित्र्याइरहेका छन् ।
प्रहरीसँगको मिलेमतोमा तस्करसमूहले तस्करीका सामान भित्र्याउन मुख्य नाकालाई नै प्रयोग गरिरहेको भेटिएको हो ।
त्यस्तै अहिले दैनिक रुपमा रिक्सा, अटो, टेम्पु, मोटरसाइकल तथा साइकलबाट मुख्य नाका हुँदै तस्करीका सामान निर्वाध वीरगञ्ज भित्रिरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा यसरी तस्करी गर्नेहरुमा भोला,फैयाज र सुरेन्द्रको समूह रहेको स्रोतको दावी छ ।
उनीहरुले त्यहाँ खटिने नेपाल प्रहरीको युनिटदेखि अपराध अनुसन्धानको टोली,क्विक रेस्पोन्स टिम, इनरुवा प्रहरी चौकी, ससस्त्र प्रहरी पोष्टदेखि जिल्लाका सुरक्षा प्रमुखसम्मलाई नजराना बुझाएर निर्वाध तस्करी धन्दा चलाइरहेको स्रोत बताउँछ ।
यसरी भित्र्याइएको सर्टिङसुटिङ,लत्ताकपडा, मेसिनरी पार्टपुर्जा,दैनिक उपभोग्य वस्तु ट्रान्सपोर्ट तथा अन्य विभिन्न माध्यमबाट देशका विभिन्न स्थानमा पुर्याउने गरिएको छ । सानासाना झोला जाँच गर्ने सुरक्षाकर्मीले तस्करीका सामान आउँदा भने देखेपनि नदेखेझै गरेर आँखा चिम्लिदिँदा तस्करीका सामान निर्वाध भित्रिने गरेको हो ।
मुख्य नाका हुँदै वीरगञ्ज बजारसम्म आइपुग्न सुरक्षाकर्मीको ४ ओटा घेरा पार गर्नु पर्छ । तर यो घेरामा खटिने सुरक्षाकर्मीले तस्करहरुको सामान समात्नुको सट्टा उल्टै स्कटिङ गरेर सम्बन्धित स्थानसम्म पुर्याउने गरेको भेटिएको छ ।
यस बारेमा सुरक्षाकर्मीको जिल्ला नेतृत्वलाई जानकारी नभएको होइन । जानकारी भएर पनि तस्करहरुबाटै नजराना लिएकाले नियन्त्रणमा लिनुको सट्टा सम्बन्धित ठाउँसम्म पुर्याउन सुरक्षा दिन उल्टै निर्देशन दिने गरिएको छ ।
प्रहरीले कहिलेकहीँ ट्रकसहित सामान नियन्त्रणमा लिएको भनेर प्रचार गर्ने गरेको छ । तर त्यसमा पनि प्रहरीसँगको वार्गेनिङ नमिल्दा सामान नियन्त्रणमा लिने गरेको स्वंय व्यापारीहरु नै बताउँछन् ।
दिशा निर्देशनबाट
