
Gfs
Djs
pku
Rmb
Sgr
Lnp
Pes
Gis
Ggp
Rgp
Rgp
Rgp1
Pbu
sbs
Srbpu
cjs
Cps
Sds
Unsku

Vor
Ggd
Hal
Wsp
Rgu
Ssm
Rsb
Ksm
Asm
Tsm
Bbu
Sls
Sbs
Gst
Pvg
Rgs
Rgu
nsb
Bbbpu

Pls
Jmb
Gsb
Rmb
Syp
Rpp
Mks
Bml
Ptm
sab
Jmb
Abd
bbt
दाङ । शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रुपमा रहने बताउनुभएको छ । जिल्लास्थित पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले दाङ प्रसस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती कोरिडोरका माध्यमबाट विकासको यात्रामा अरु पक्षलाई पनि जोड्ने आफ्नो योजना रहेको बताउनुभएको छ ।
राप्ती कोरिडोर अन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास गरी वृहत योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको बताउनुभयो । ‘भालुवाङबाट शुरु भएर करीव ८७ किलोमिटर लम्बाइमा रहेको राप्ती नदीको दुवै तर्फ कालो पत्रे गरिनेछ । जसले नदी उकास गरी नयाँ शहर बसाल्न सकिने छ भने सुन्दर पार्क निर्माण गरेर दाङमा नयाँपन ल्याउन सकिनेछ,’ उहाँले भन्नुभयो । राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर आयोजनामा नदी उकास भएपछि हजारौँ विगाहा जमिन प्रयोगमा आउने छ ।
विकासको मोडल अहिले पनि पुरानै शैलीमा हुने गरेको बताउँदै आफु शहरी विकास मन्त्री भएपछि पूर्वाधार विकासदेखि समग्र विकासको मोडेलमा नयाँपन दिने गरी अघि बताउनुभयो । राप्ती कोरिडोरको अवधारणा पूरा गर्न आज शिलान्यासको कार्यक्रम पनि तय भएको छ । गृह जिल्ला दाङ आएका बेला अहिले उहाँ पूर्वाधार निर्माणका लागि शिलान्यासदेखि निर्मित संरचनाको उदघाटन गर्न व्यस्त हुनुभएको छ । यही बेला उहाँले राप्ती कोरिडोरको पनि शिलान्यास गर्न लाग्नुभएको हो ।
बहुवर्षीय आयोजना अन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भईसकेको पनि उहाँको भनाई छ । यस्तै,उहाँले देउखुरीको मौरीघाटस्थित श्रीनारायण चोकदेखि बंगलाचुली हुँदै स्वर्गद्वारीसम्म केबुलकार संचालनको सम्भाव्यता अध्ययन भईसकेकाले प्राविधिक काम अघि बढी सकेको बताउनुभयो ।
त्यस्तै मौरीघाटदेखि स्वर्गद्वारीसम्म करीव ५५ किलोमीटरको दुरीमा केबुलकार संचालन गर्न नीजि क्षेत्रले चासो दिएको उहाँले बताउनुभयो । यस्तै, सो खण्डमा रणनीतिक सडक बनाउने काम पनि हुन लागेको बताउनुभयो । घोराही–लमही सडक खण्डको मसोटदेखि बबई नदी किनारसम्म सुरुङमार्ग बनाउन डिपिआर भईसकेको उहाँले बताउनुभयो । हालको सडकको अवस्थाका कारण सवारी चालक र यात्रुलाई परेको सास्तीलाई मध्यनजर गर्दै भूगोलको असहजताका कारण सुरुङमार्ग बनाउन बिस्तृत परियोजना प्रतिवेदन तयार भएकाले अब काम पनि अघि बढ्ने बताउनुभयो ।
मन्त्री चौधरीले दाङमा भरपर्दो विमानस्थल नहुँदा यहाँका नागरिकले पाएको सास्तीका कारण आफु स्वयम् लज्जित भएको हुँदा यसबारेमा गम्भीरतापूर्वक सरोकार निकायसँग छलफल अघि बढाएको बताउनुभयो । टरीगाउँ विमानस्थलको स्तर वृद्धिका लागि करीव २२ करोड बजेट चाहिने हुँदा बजेट सुनिश्चित भएपनि प्राविधिक रुपमा काम गर्न सरोकार निकायसँग प्रकृया अघि बढाएको बताउनुभयो ।
यसअघि दाङको विमान स्थलले धावनमार्गको लम्बाई बढाएर ठूला जहाज बसाल्न सकिने बताउँदै आएपनि नेपालगंजको विमान स्थलले आफ्नो स्वार्थका कारण यहाँ ठूला जहाजका लागि उपयुक्त नभएको प्रतिवेदनमा उल्लेख गरेको खुलासा गर्नुभयो । तर, दुवै प्रतिवेदनको गहन अध्ययनपछि वास्तविकाको आधारमा दाङमा ठूला जहाज बसाल्ने गरी टरीगाउँ विमान स्थलको वृद्धि गर्ने र नियमित उडानको वातावरण बनाउने वचन दिनुभयो ।
यस्तै,उहाँले जिल्लामा निर्माणाधीन अवस्थामा रहेका सडक,पुल पुलेसा,पूर्वाधारको बारेमा चासो लिएको जानकारी गराउनुभयो । फोरलेन सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई भेट गरी चाँडो काम सम्पन्न गर्न ताकेता गरेको पनि बताउनुभयो । यस्तै, उहाँले आफुले सम्हालेको मन्त्रालयको काम र जिम्मेवारीको दायरा निकै फराकिलो रहेकाले नजिता देखिने गरी काममा सहयोग गर्न पनि अपिल गर्नुभएको थियो । आवश्यक सल्लाह र सुझावका आधारमा आफु अघि बढ्ने बताउँदै जिल्लाको विकासका सवालमा खबरदारी गर्न पनि आग्रह गर्नुभयो ।
