
Pbu
tssbus
Ssbus
Ssbus
Gsl
nsm
Sssbus1
ssbus
Ssbus
Sssbus1

Rgs
Asm
Rsb
Hal
Tsm
nsb
Bbbpu
Ksm
Sls
Wsp
Rgu
Ggd
Rgu
Vor
Pvg
Ssm
Gst
Sbs
Bbu

Rpp
Jmb
Bml
Gsb
bbt
Jmb
sab
Mks
Rmb
Abd
Syp
Pls
Ptm
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुर संगको समन्वय र सहकार्यमा गढवा उद्योग बाणिज्य संघद्धारा संघको कार्यक्षेत्र राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका बिभिन्न स्थानहरुमा कर शिविर संचालन भएकोे छ ।
ब्यवसायीहरुलाई घरदैलोमै आयककर तथा अन्तःशुल्क बुझाउने र ब्यवसाय नविकरण गर्ने सुविधा दिनकालागि गढवा उद्योग बाणिज्य संघले गत साउन ११ गतेदेखि दक्षिण देउखुरीका पाँच स्थानहरुमा तिनदिन सम्म कर शिविर संचालन गरेकोे संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनुभएको छ । जस अनुसार साउन ११ गते राजपुरको जंग्रहवाचोंकमा तथा सोहि दिन बेला बजार चोकमा शिविर सञ्चालन भएकोे छ । जसमा ३१ जनाले आयकर र १२ जनाले अन्तःशुल्क बुझाएको पाईएको छ । गढवा उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीहरु मध्ये जम्मा २४ जनाले नविकरण गरेको र ६ जनाले ब्यवसाय दर्ता गरेको संघले जनाएको छ । देउखुरीको राजपुरमा अधिकांश ब्यवसायीहरुले ब्यवसाय दर्ता नगरेरै पसल संचालन गरेको पाईएको छ ।
त्यसैगरि साउन १२ गते कालाकाटे चोकमा शिविर संचालन भएको छ भने सोहि दिन गढवा २ को पुतलीबजारमा शिविर सञ्चालन भएको छ । यहाँ ६१ जनाले आयकर तथा ३१ जनाले अन्तःशुल्क बुझाएको उद्योग बाणिज्य संघ गढवाले जनाएको छ । यसैगरी ६७ जनाले ब्यवसाय नविकरण गरेको र ३ जनाले नयाँदर्ता गरेको संघले जनाएको छ । साउन १३ गढवा बजार स्थित संघको सभाहलमा बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म कर शिविर सञ्चालन भएको संघका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिनुभयो ।
गढवामा दिनभर संचालन भएको शिविरमा १ सय १८ जनाले आयकर र २८ जना ब्यवसायीहरुले अन्तःशुल्क बुझाएको पाईएको छ भने ८ जनाले ब्यवसाय दर्ता गरेको र १ सय १७ जनाले ब्यवसाय नविकरण गरेको गढवा उद्योग बाणिज्य संघले जनाएको छ । गढवा उद्योग बाणिज्य संघले ब्यवसायिहरुको हक हितका लागि गतबर्ष देखि ब्यवसायिक सुरक्षाकोष समेत स्थापना गरेको संघले जनाएको छ ।
स्थापित सुरक्षाकोषबाट ब्यवसायिहरुलाई भैपरि आउने प्रकोप तथा जटिलताका अवस्थामा सहयोग गरिने कार्यबिधि बनाएर सेवा प्रवाह गर्ने संघले जनाएको छ । तिनदिन सम्म गढवा र राजपुरमा सञ्चालन भएको कर शिविरबाट नेपाल सरकारको ३ लाख १० हजार ५ सय अन्तःशुल्क र १ लाख २९ हजार ३ सय ७५ आयकर संकलन भएको गढवा उद्योग बाणिज्य संघले जनाएको छ । त्यसैगरि नयाँ दर्ता तथा नविकरणबाट २ लाख १० हजार ७ सय १० रुपियाँ संकलन भएको बताईएको छ ।
यसबर्ष नेपाल सरकारले आयकरको हकमा ७५ प्रतिशत छुट गरेको छ भने अन्तःशुल्कको हकमा भने छुट नहुने गरेको सरकारको नियम रहेको बताइएको छ । यसैबिच गढवा उद्योग बाणिज्य संघले केहि ब्यवसायिहरु कर बुझाउन छुट भएको भन्दै यहि साउन २० गते सम्मकालागि संघको कार्यालयबाट कर बुझाउने र बुझ्ने सेवा प्रबाह गर्न समय थप गरेको छ । छुटपुट भएका सबै ब्यवसायिहरुलाई निर्धारित समय भित्र आयकर र अन्तःशुल्क बुझाउन समेत संघले सबैमा आग्रह गरेको छ ।
आन्तरिक राजश्व कार्यालयको संगको परामर्श र आदेश बमोजिम जिल्लाभरका उद्योग बाणिज्य संघ मार्फत कर संकलन गर्ने र राजश्व कार्यालयको खाताको बैंक भौचर मार्फत कर कार्यालयमा राजश्व दाखिला गर्ने तथा अन्तःशुल्कको हकमा कर तथा सक्कल प्रमाणपत्र समेत संकलन गरि एकमुष्ठ दाखिला गर्ने र प्रमाण–पत्र नविकरण समेत गरेर ल्याउने संघको जिम्मेवारी रहने ब्यवस्था रहेको अध्यक्ष बुढाले जानकारी दिनुभयो । आ–आफ्नो ब्यवसायको आयकर तथा अन्तःशुल्क समयमै बुझाउन र दर्ता नभएका ब्यवसायीहरु सरकारको दायरामा आई दर्ता गरेर मात्र ब्यवसाय सञ्चालन गर्न कर कार्यालयले सबैमा आग्रह गरेको छ ।
