
Asb
lnp
Usb
Ggp
Dus
ksb
Sgp
Rgp
Rgp
Lks
Ggp
Pbu
Dbs
Rgp
Rgp
Lnp
Jns


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७
वन घुस्री स्थित कर्रि सामुदायिक वन उपभोक्ता समुहले वृक्षारोपण गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीको कुल ६ लाख बाजेटद्वारा ६.४८ हेक्टर नाङ्गो जमिनमा ९ हजार ४ सय ७४ बिरुवा रोपिएको थियो ।
समुहको कुल ४ सय ५० हेक्टर क्षेत्र फलको सी वान एस थ्री खण्डमा रहेको उक्त ६.४८ हेक्टरमा १० प्रतिशत बिरुवा ओइलिएर मरेको हुँदा सो स्थानमा मंगलबार खयर,सिसौं,टिक, मसला प्रजातिका एक हजार बिरुवा रोपिएको समुहका अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी)को सहयोग तथा समुहको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा समुहका कार्यसमिति लगायत अन्य सहभागीको उपस्थिति रहेकोे थियो ।
