
Usb
Ppu
Rks
Ssb
Tgp
jsb
Ssb
Csb
Fmb
Nsb
Ksb
Bsn
Rsb
Ksb
Ksb
Gsb

Ssb
Hl1
Usb
Gsb
Tsb

Rgu
ptl
Nps
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७
वन घुस्री स्थित कर्रि सामुदायिक वन उपभोक्ता समुहले वृक्षारोपण गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीको कुल ६ लाख बाजेटद्वारा ६.४८ हेक्टर नाङ्गो जमिनमा ९ हजार ४ सय ७४ बिरुवा रोपिएको थियो ।
समुहको कुल ४ सय ५० हेक्टर क्षेत्र फलको सी वान एस थ्री खण्डमा रहेको उक्त ६.४८ हेक्टरमा १० प्रतिशत बिरुवा ओइलिएर मरेको हुँदा सो स्थानमा मंगलबार खयर,सिसौं,टिक, मसला प्रजातिका एक हजार बिरुवा रोपिएको समुहका अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी)को सहयोग तथा समुहको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा समुहका कार्यसमिति लगायत अन्य सहभागीको उपस्थिति रहेकोे थियो ।
