
Rgp
Lnp
Asbus
Sdc
Ggp
Msbus
Ksbus
Ggp
Ksbus

गायक यम बरालको स्वरमा नयाँ गजल गीत ‘हलचल जिन्दगी’मा सार्वजनिक भएको छ। पुष्कर बरालको शब्द रहेको गीतमा गायक स्वयम्ले संगीत भरेका हुन् । संगीत संयोजन फनिन्द्र राईको ।ओएसआर डिजीटल युटुब च्यानलबाट यो गीत बजारमा आएको हो। बिक्की पुलामी मगरले निर्देशन गरेको यो भिडियो भने प्रज्वल पन्तले खिचेका हुन ।
यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,
किन झर्छ आसु यहाँ पल-पल जिन्दगीमा…
यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बहहरुलाई पुष्करले मार्मिक तरिकाले शब्दमा बुनेका छन् ।यस अघि गायक एम बरालले आवाज भरेको बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता दर्जनौ गीतले दर्शक श्रोताको मन जितेका छन।ताप्लेजुङको दोखुमा जन्मिएका लेखक पुष्कर बराल अमेरीकामा रहेर पनि गीत, गजल सहितका साहित्यमा डेढ दशक देखी निरन्तर क्रीयाशिल छन् । सो गीतको भिडियोमा गीतकार पुष्कर बराल सँगै कृष थापा,पृन्सा र मोडल एबं नायिका केकी अधिकारी देखिन्छन् ।
